काठमाडौँ, १७ चैतः भक्तपुर र महोत्तरीमा गएराति भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । यसैगरी, कपिलवस्तु र धनुषामा डुबेर दुई जनाको ज्यान गएको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार भक्तपुरको सूर्यविनायक नगरपालिका–८ घ्याम्पेडाँडामा स्कुटर दुर्घटना हुँदा काठमाडौँ महानगरपालिका–३२ का ३१ वर्षीय किरण पाण्डेको मृत्यु भएको हो । महोत्तरीको गौशाला नगरपालिका–३ इँटाटारमा मोटरसाइकल दुर्घटना हुँदा औरही नगरपालिका–१ का २३ वर्षीय धर्मेन्द्र साहको मृत्यु भएको हो । त्यसैगरी कपिलवस्तुको बुद्धभूमि नगरपालिका–४ का १४ वर्षीय तुसार खनालको गुदरुङ खोलामा डुबेर मृत्यु भएको छ । प्रहरी समाचारकक्षले आज जारी गरेको समाचार ‘बुलेटिन’अनुसार धनुषाको सहिदनगर नगरपालिका–६ हरबडाका १५ वर्षीय कार्तिक मण्डलको आफ्नै घरअगाडि रहेको पोखरीमा डुबेर मृत्यु भएको छ ।
ताजा अपडेट
- त्रिविको शिक्षाध्यक्षमा अञ्जना सिंह र रजिस्ट्रारमा रवीन्द्र शिवाकोटी नियुक्त
- आजको सर्वदलीय बैठकमा दोस्रो तहका नेताहरू उपस्थित हुने
- रसुवा बाढी : सास भेटिने आस मारेपछि कुशको शव बनाएर अन्त्येष्टि गरिँदै
- विपद्पछि पुनर्निर्माण होइन, विपद् सहन सक्ने नेपाल बनाउनुपर्छ : कानुनमन्त्री गौतम
- नेपाल-चीन व्यापारको मुख्य खम्बा रसुवागढी : अर्बौं लगानी बग्दा भविष्य अनिश्चित
- बाढीमा भाग्यले बाँचेका एउटै गाउँका पाँच जना अटो चढेर घर फर्किए
- हेटौंडा–काठमाडौं सवारीमा नयाँ रुट व्यवस्था, आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने
- बेत्रावतीको एउटै घरमा भेटिए २० भन्दा बढी शव
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया