काठमाडौं।
राजधानीमा जारी दोस्रो संस्करणकाे नेपाल प्रिमियर लिग(एनपीएल) मा आज दुई खेल हुँदैछन् ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला,कीर्तिपुरमा बिहान ११:४५ बजे हुने पहिलाे खेलमा चितवन राइनाेज र कर्णाली याक्स भिड्दा दाेस्राे खेलमा विराटनगर किंग्स र पाेखरा एभेन्जर्स प्रतिस्पर्धा गर्नेछन् ।
चारवटै टाेलीकाे लक्ष्य सुखद सुरूवात गर्ने हुनेछ ।
चितवन कुशल मल्लकाे कप्तानीमा मैदान उत्रिदा कर्णालीकाे नेतृत्व साेमपाल कामीले गर्नेछन् ।
यस्तै विराटनगरकाे नेतृत्व सन्दीप लामिछानेले सम्हाल्दा पाेखराकाे कप्तान कुशल भुर्तेल रहनेछन् ।
यसअघि हिजाे सम्पन्न खेलमा साविक विजेता जनकपुर बाेल्ट्सलाई ५ विकेटले हराएर काठमाडौं गाेर्खाजले सुखद सुरूवात गरेकाे छ। जितसंगै काठमाडौंले अंकतालिकामा २ अंक पनि जाेड्याे।
नेपाल क्रिकेट संघ(क्यान) काे आयाेजनामा मङ्सिर १ गतेदेखि सुरू प्रतियोगिताकाे फाइनल मङ्सिर २७ मा हुनेछ ।
प्रतियोगिताकाे विजेताले १ कराेड १० लाख पाउने क्यानले जनाएको छ।
ताजा अपडेट
- अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
- प्रधानमन्त्री शाह र तयारी पोसाक सङ्घका पदाधिकारीबीच छलफल हुँदै
- उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
- अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै
- पूर्वसहमति नलिइ सवारीसाधन खरिद गर्न नपाइने
- संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया