एनपीएलमा आज एक खेल मात्रै, काठमाडौं र सुदूरपश्चिम भिड्ने
काठमाडौं:राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा आज एकमात्र खेल हुने भएको छ।
त्रिवि अन्तराष्ट्रिय क्रिकेट रंगशाला, कीर्तिपुरमा अपराह्न ४ बजे शुरू हुने खेलमा काठमाडौं गोर्खाज र साविक उपविजेता सुदूरपश्चिम रोयल्स प्रतिस्पर्धा गर्नेछन् ।
काठमाडौं दाेस्राे जितकाे खाेजीमा हुँदा सुदूरपश्चिम सुखद सुरूआत गर्ने लक्ष्यमा रहनेछ ।
काठमाडौंले उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पराजित गरेको थियो। सुदूरपश्चिम पहिलाे खेल खेल्दैछ।
काठमाडौंको नेतृत्व करण केसीकाे रहेकाे छ।
करणसँगै भीम सार्की, मोहम्मद आदिल आलम, शाहब आलम, बेन चार्ल्सवर्थ, गेरहार्ड इरासमस, दीपेश कँडेल, मिलिन्द कुमार, राशिद खान, उत्तम थापा मगर (विकेटकिपर), सन्नी पटेल,जोन सिम्पसन (विकेटकिपर), प्रतीक श्रेष्ठ, आकाश त्रिपाठी, तुल बहादुर थापा, रिकार्डो भास्कोनसेलोस (विकेटकिपर),सन्तोष यादव र सोनु देवकोटा समावेश छन्।
काठमाडौंको प्रशिक्षकमा नेपाली राष्ट्रिय टिमका पूर्वप्रशिक्षक समेत रहेका मोन्टी देशाई छन्।
सुदूरपश्चिम रोयल्सको कप्तानी नेपाली राष्ट्रिय टिमका उपकप्तान समेत रहेका दीपेन्द्र सिह ऐरीले गर्नेछन्।
दीपेन्द्रसँगै विनोद भण्डारी (विकेटकिपर), अविनाश बोहरा, दीपक बोहरा (विकेटकिपर), मिलन बोहरा, जोश ब्राउन, हेमन्त धामी, स्कट कुगेइलिन, क्रिस लिन, ईशान पाण्डे, टेक रावत (विकेटकिपर), नरेन साउद, हर्मीत सिंह, आरिफ शेख ,दीपेन्द्र थापा (विकेटकिपर) र हिम्मत महरा रहेका छन्।
सुदूरपश्चिमकाे प्रशिक्षक जगत टमाटा रहेका छन्।
नेपाल क्रिकेट संघ (क्यान)काे आयाेजनामा मंसिर १ गतेदेखि जारी प्रतियोगितामा ८ टाेली सहभागी छन्।
ताजा अपडेट
- अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
- प्रधानमन्त्री शाह र तयारी पोसाक सङ्घका पदाधिकारीबीच छलफल हुँदै
- उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
- अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै
- पूर्वसहमति नलिइ सवारीसाधन खरिद गर्न नपाइने
- संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया