देववृक्ष उत्पादन गर्दै डिभिजन वन कार्यालय
चितवन, २० चैत: यहाँ डिभिजन वन कार्यालयले देववृक्ष उत्पादन सुरु गरेको छ । कार्यालयले देव वृक्ष अर्थात् वर, पिपल, स्वामी, खयर, आँप, अम्बा, बेल, अमला, पलाँस, काभ्रोलगायत बिरुवा उत्पादन सुरु गरेको हो । कार्यालय प्रमुख विष्णुप्रसाद आचार्यका अनुसार देववृक्षसँगै ग्रह, नक्षेत्र र रासि बाटीकाअनुसारका वृक्ष उत्पादन सुरु गरिएको छ । यस क्रममा पहिलो वर्ष १० हजार बिरुवा उत्पादन गरेर वितरण गर्ने तयारी गरिएको छ । उहाँले भन्नुभयो, “ग्रह बाटीकाका लागि नौ प्रजाति, रासि बाटीकाका लागि १२ प्रजाति र नक्षेत्र बाटीकाका लागि २७ प्रजातिका बिरुवा उत्पादन सुरु गरेका छौँ । सुरुआतको वर्ष भएकाले यस्ता बिरुवा कम उत्पादन गर्न थालिएको हो ।” कार्यालय प्रमुख आचार्यले यस्ता बिरुवा बाटीका निर्माणका लागि प्रदान गरिने बताउनुभयो । धर्म संस्कारअनुसार आवश्यक बिरुवाको बाटीका बनाउँदा धार्मिक पर्यटन बढ्ने उहाँको भनाइ छ । “हामीले वन जोगाउने भनेको वातावरण, वन्यजन्तु जोगाउने मात्र नभई इतिहास, सभ्यता र संस्कृतिसँगै समृद्धिको आधार तयार गर्नु पनि हो । त्यसतर्फ ध्यान दिइरहेका छौँ”, आयार्यले भन्नुभयो । कार्यालयले यसवर्ष एक लाख २० हजारभन्दा बढी बिरुवा उत्पादन गरेर वितरण गर्ने तयारी रहेको जनाएको छ । कार्यालयका सूचना अधिकारी देवीप्रसाद पौडेलले यीबाहेक गतवर्ष उत्पादन भएर वितरण गर्न बाँकी रहेका १० हजार बिरुवाका साथै अन्य २५ हजार बहुवर्षीय बिरुवा वितरण गर्ने योजना रहेको बताउनुभयो । उहाँका अनुसार गत आर्थिक वर्षमा एक लाख ५० हजार बिरुवा वितरण गरिएको थियो । हरेक वर्ष असार १५ गतेदेखि बिरुवा वितरण गरिँदै आएको छ ।
ताजा अपडेट
- जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु
- एक भारी घाँसका लागि बाबुछोरा नै कर्णालीमा बगेपछि…
- आगलागीबाट दुई जनाको मृत्यु
- भोजपुर गोल्डकपः एपिएफ र भोजपुर सेमिफाइनलमा
- मेरिकी सहायक विदेशमन्त्री र सूचना प्रविधि क्षेत्रका लगानीकर्ताबीच छलफल
- रास्वपा केन्द्रीय समितिको बैठक बस्दै
- वसुन्धराश्री पुरस्कार साहित्यकार चन्द र मानश्री पुरस्कार आनन्द अरुणलाई
- काठमाडौँ–ढाका नियमित उडान गर्ने तयारी
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल


तपाईको प्रतिक्रिया