काठमाडौं: राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा आज पनि एकमात्र खेल हुने भएको छ।
त्रिवि अन्तराष्ट्रिय क्रिकेट रंगशाला, कीर्तिपुरमा अपराह्न ४ बजे शुरू हुने खेलमा लुम्बिनी लायन्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ ।
राेहित पाैडेलकाे कप्तानीमा रहेकाे लुम्बिनी पहिलो खेल खेल्न लागेको हो भने कुशल मल्लकाे नेतृत्वमा मैदान उत्रने चितवन दोस्रो जितको खोजीमा हुनेछ ।
पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराएको चितवन लय कायम राख्दै प्लेअफ पुग्ने लक्ष्यमा छ। लुम्बिनी सुखद सुरूआत गर्न चाहन्छ।
गत संस्करणमा लुम्बिनीले ७ मध्ये १ खेलमात्र जित्दै तालिकाको पुछारमा रहेर बाहिरिएको थियो।
चितवन राइनोज गत संस्करण प्लेअफसम्म पगेको थियो।
गत संस्करणकाे लिग चरणमा चितवनविरुद्ध लुम्बिनी ३३ रनले विजयी भएको थियो । चितवनविरुद्धको त्यो जित नै लुम्बिनीको एकमात्र सफलता रहेको थियाे।
आज उक्त हारकाे बदला लिने दाउमा चितवन रहनेछ भने लुम्बिनी अर्काे जित कायम गर्ने लक्ष्यमा हुनेछ ।
नेपाल क्रिकेट संघ(क्यान)काे आयाेजनामा मंसिर १ गतेदेखि सुरू भएको प्रतियोगितामा८ टाेली सहभागी छन्।
ताजा अपडेट
- अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
- प्रधानमन्त्री शाह र तयारी पोसाक सङ्घका पदाधिकारीबीच छलफल हुँदै
- उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
- अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै
- पूर्वसहमति नलिइ सवारीसाधन खरिद गर्न नपाइने
- संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया