नेपाल–भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन सुरु
काठमाडौं, २८ चैतः ‘नेपाल–भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ आजदेखि सुरु भएको छ । सो सम्मेलनको आज यहाँ समालोचक प्राडा वासुदेव त्रिपाठीले उद्घाटन गर्नुभयो । उद्घाटन सत्रमा नरेन्द्रराज प्रसाई तथा इन्दिरा प्रसाईको सम्पादनमा नइ एकेडेमीद्वारा प्रकाशित ‘नेपाली भाषा साहित्यको विकासमा नेपाल तथा भारतका विश्वविद्यालयको भूमिका’ शीर्षकको बृहत् ग्रन्थको लोकार्पण गरिएको छ । उक्त ग्रन्थमा नेपाल तथा भारतका विभिन्न विश्वविद्यालयसँग सम्बन्धित २५ वटा गहन अनुसन्धानात्मक आलेख समावेश गरिएको नइ एकेडेमीका सदस्य–सचिव नरेन्द्र प्रसाईंले जानकारी दिनुभयो । तीन दिनसम्म सञ्चालन हुने यस सम्मेलनमा नेपाल र भारतका विभिन्न विश्वविद्यालयका प्राध्यापक, अनुसन्धानकर्ता तथा प्राज्ञिक व्यक्तित्वहरूको सहभागिता रहेको छ । सम्मेलनले नेपाली भाषा, साहित्य र अनुसन्धानका क्षेत्रमा अन्तरदेशीय सहकार्यलाई अझ मजबुत बनाउने विश्वास लिइएको छ ।
ताजा अपडेट
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
- साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत
- पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
- चितवनमा अनलाइन प्रणालीबाट मल वितरण
- सिसी क्यामेराको निगरानीमा भरतपुर
- सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
- धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा
- अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया