काठमाडौँ, २ वैशाखःटोखामा विस्केट जात्रा सुरु भएको छ । नेवार समुदायको बाहुल्य रहेको यहाँको सपनतीर्थमा मेला पनि लागेको छ । जात्रा व्यवस्थापन समितिका सहसंयोजक गणेशमान श्रेष्ठका अनुसार हिजो मन्दिरबाट गाउँमा रथ ल्याउने र गाउँ परिक्रमा गरी सपनविनायकको रथ यलागः टोलमा, चण्डेश्वरीको रथ थलागः टोलमा र मसानकालीको रथ भूतखेलमा बिसाइएको थियो । आज बिहान तीनवटै रथ गाउँ परिक्रमा गरेर मसानकालीको रथ भूतखेलको पाटीमा बिसाएपछि बलि पूजा लिइ कोठु गणेश र मसानकाली दुवै रथ थलागः टोलमा बिसाइन्छ । आज अपराह्न तलेजुबाट सिन्दुरजात्रा गरिन्छ । वैशाख ३ गते बिहान तपलाक्षीःबाट सिन्दुरजात्रा गरी देवता हासल टोलमा देव रथ बिसाइन्छभने अपराह्न जीवित देवी कुमारीसहित सिन्दूरजात्रा गरी सरस्वती र महादेवको रथबाहेक अन्य रथ पोखरीमा चोख्याइने उहाँले जानकारी दिनुभयो । जात्राको अन्तिम दिन वैशाख ४ गते बिहान बाजागाजासहितको सन्दुरजात्राले गाउँ परिक्रमा गर्ने कार्यक्रम छ । वैशाख ५ गते बिहान लिङ्गो ढालेसँगै जात्रा समापन हुन्छ । टोखामा आज सार्वजनिक बिदा विस्केट जात्राका अवसरमा टोखा नगरपालिकाले आज टोखा नगरपालिकाभर सार्वजनिक बिदा दिएको छ । गत चैत १५ गतेको टोखा कार्यपालिका बैठकले आज नगरपालिका क्षेत्रमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
ताजा अपडेट
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल


तपाईको प्रतिक्रिया