प्रधानमन्त्री सदनबाट बाहिरिनुभएको सम्बन्धमा कांग्रेसले माग्यो जवाफ
काठमाडौँ, २९ वैशाख : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गरिहनुभएको समयमा प्रधानमन्त्री वालेन्द्र शाह बैठकबाट बाहिरिनुभएको विषयमा जवाफ माग गरेको छ ।
प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भमै कांग्रेसका सांसदहरू आसनमा उभिएपछि सभामुख डोलप्रसाद अर्यालले सो पार्टीका प्रमुख सचेतक वासना थापालाई बोल्न समय दिनुभएको थियो । प्रमुख सचेतक थापाले भन्नुभयो, “राष्ट्रपतिज्यूबाट सम्बोधन भइरहेको समयमा प्रधानमन्त्री शाह सदनबाट बाहिरिनु सामान्य विषय नभई गम्भीर विषय हो, यसबारेमा सरकारका तर्फबाट स्पष्ट जवाफ चाहियो ।”
साथै उहाँले संवैधानिक पदको सम्मान गर्न र संसदीय परम्परालाई कमजोर नबनाउन आग्रह गर्नुभयो । राष्ट्रपति पौडेलले सोमबार सदनमा आर्थिक वर्ष २०८३÷८४ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
ताजा अपडेट
- त्रिविको शिक्षाध्यक्षमा अञ्जना सिंह र रजिस्ट्रारमा रवीन्द्र शिवाकोटी नियुक्त
- आजको सर्वदलीय बैठकमा दोस्रो तहका नेताहरू उपस्थित हुने
- रसुवा बाढी : सास भेटिने आस मारेपछि कुशको शव बनाएर अन्त्येष्टि गरिँदै
- विपद्पछि पुनर्निर्माण होइन, विपद् सहन सक्ने नेपाल बनाउनुपर्छ : कानुनमन्त्री गौतम
- नेपाल-चीन व्यापारको मुख्य खम्बा रसुवागढी : अर्बौं लगानी बग्दा भविष्य अनिश्चित
- बाढीमा भाग्यले बाँचेका एउटै गाउँका पाँच जना अटो चढेर घर फर्किए
- हेटौंडा–काठमाडौं सवारीमा नयाँ रुट व्यवस्था, आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने
- बेत्रावतीको एउटै घरमा भेटिए २० भन्दा बढी शव
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया