काठ्माण्डौँ ।
दार्चुलाकी प्रतिभावान खेलाडी निरुता ठगुन्ना नेपाली राष्ट्रिय महिला भलिबल टोलीको कप्तान बनेकी छन् । संघर्ष, आत्मविश्वास र निरन्तर मेहनतको बलमा राष्ट्रिय टोलीको नेतृत्वसम्म पुगेकी निरुता अहिले नेपाली भलिबलकी प्रेरणादायी खेलाडीका रूपमा स्थापित भएकी छन् ।
दार्चुलाको नौगाड गाउँपालिका–६ धुलिगाडामा जन्मिएकी निरुताले विद्यालयस्तरीय प्रतियोगिताबाट भलिबल यात्रा सुरु गरेकी हुन् । दुर्गममा जन्मिएर राष्ट्रिय टोलीको कप्तान बन्नु उनका लागि मात्र होइन, सिंगो सुदूरपश्चिमकै गौरवको विषय बनेको छ ।
५ फिट ५ इन्च उचाइ भए पनि निरुताको शक्तिशाली स्पाइक, आत्मविश्वासी खेलशैली र अद्भुत ऊर्जा विपक्षी टोलीका लागि ठूलो चुनौती बन्ने गरेको छ । आउटसाइड हिटरका रूपमा स्थापित उनले खेलमा देखाउने आक्रामकता र नेतृत्व क्षमताले नेपाली टोलीलाई नयाँ उचाइमा पुर्याएको छ ।
सन् २०१९ मा राष्ट्रिय टोलीबाट डेब्यु गरेकी निरुताले नेपाललाई एभीसी सेन्ट्रल जोनको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेकी थिइन् । त्यस्तै दक्षिण एसियाली खेलकुद (साग) मा रजत पदक तथा काभा प्रतियोगिताहरूमा नेपालको ऐतिहासिक सफलतामा पनि उनको योगदान अविस्मरणीय छ ।
घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएकी निरुता अहिले नेपाली महिला भलिबलको भरोसायोग्य अनुहार बनेकी छन् । कप्तानको जिम्मेवारीसँगै अब उनको काँधमा नेपाली भलिबललाई अझ ठूलो सफलता दिलाउने चुनौती र अवसर दुवै थपिएको छ ।
निरुताको कप्तानीमा नेपाली टोलीले नयाँ इतिहास रच्ने अपेक्षा गरिएको छ ।
ताजा अपडेट
- अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
- प्रधानमन्त्री शाह र तयारी पोसाक सङ्घका पदाधिकारीबीच छलफल हुँदै
- उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
- अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै
- पूर्वसहमति नलिइ सवारीसाधन खरिद गर्न नपाइने
- संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया