बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार
झापा, १० जेठः पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले रु एक लाख १८ हजार नगदसहित एक युवालाई बेहोस अवस्थामा उद्धार गरेको छ । अत्यधिक मादक पदार्थ सेवन गरी शनिबार साँझ छ बजेतिर सडकमा बेहोश भएर लडिरहेको अवस्थामा पाल्पाको रामपुर गाउँपालिका–२ का ३२ वर्षीय हरि थापालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । उद्धारलगत्तै थापालाई उपचारका लागि तत्काल धुलाबारीस्थित आम्दा अस्पताल लगिएको थियो ।
उपचारपछि अस्पतालबाट ‘डिस्चार्ज’ हुनुभएका थापा हालसम्म प्रहरीको सम्पर्कमा नआउनु भएको प्रवक्ता खड्काले बताउनुभयो । थापाका साथबाट बरामद गरिएको उक्त नगद इलाका प्रहरी कार्यालय काँकडभिट्टामा सुरक्षित राखिएको प्रवक्ता खड्काले बताउनुभयो ।
प्रहरीले उहाँको मोबाइल नम्बरमा सम्पर्क गर्न प्रयास गरे पनि हालसम्म फोन लाग्न नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उहाँ सम्पर्कमा आएलगत्तै प्रहरी सो रकम जिम्मा लगाइने जनाइएको छ । भारतबाट नेपाल फर्केका थापाले शनिबार नेपाल–भारत बस सेवाबाट रात्रिबसमार्फत काठमाडौँ जाने गरी टिकट लिइसक्नुभएको थियो । नशाले लट्ठिएपछि उहाँको बस छुटेको थियो ।
ताजा अपडेट
- अमेरिका–नेपाल साझेदारी विस्तारमा जोड
- साताव्यापी खोज अभियानः खैरो हेरोइनसहित ११ जना पक्राउ
- रास्वपा सभापति लामिछाने भारत प्रस्थान
- तेह्र वर्षमुनिको उपाधि पल्सर सिइसीलाई
- परराष्ट्रमन्त्रीसँग अमेरिकी उपविदेशमन्त्रीको भेट
- बचत रकम फिर्ता गर्न छ हजार बढीको उजुरी
- विश्व शान्तिमा नेपाली सेनाको योगदान महत्वपूर्ण : प्रधान सेनापति
- वीरगञ्ज हुँदै चार अर्ब दुई करोड मूल्यका विद्युतीय सवारीसाधन आयात
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी


तपाईको प्रतिक्रिया