बाजुरा र हुम्लाको सीमाको अध्ययन गर्न समिति गठन
काठमाडौँ, १० जेठ : सरकारले बाजुरा र हुम्ला जिल्लाको सीमासम्बन्धी प्राविधिक पक्ष अध्ययन गरी प्रतिवेदन पेस गर्न नापी विभागका उपमहानिर्देशक सुशील डङ्गोलको संयोजकत्वमा एक समिति गठन गरेको छ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको अध्यक्षतामा आज सिंहदरबारमा बसेको बैठकले उक्त समिति गठन गर्ने निर्णय गरेको हो ।
समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका तर्फबाट एक-एक जना प्रतिनिधि सदस्य रहनेछन् ।
त्यस्तै, नापी विभागका निर्देशकलाई समितिको सदस्य–सचिवको जिम्मेवारी दिइएको छ । बैठकमा भूमि मन्त्रालयका सचिव मदन भुजेल, प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहाल, गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव प्रकाश दाहाल सहभागी हुनुहुन्थ्यो ।
ताजा अपडेट
- गर्भवती सिर्जना : बाढीले घर गुमाइन्, स्कुलको चिसो कोठामा बस्छिन्
- प्रेमीसँग मिलेर श्रीमान्काे हत्या गर्न श्रीमतीले दिइन् डेढ लाखको सुपारी
- त्रिशूली ३ ए को सुरुङको ढोकामा पुगेका इन्जिनियर भन्छन् : स्ल्याब बन्द भएकाले भित्र ढुंगा नछिरेको अनुमान छ
- बाढी प्रभावितलाई तमु धिं युकेको एक करोड
- रसुवा बाढी : टनेलमा कसरी भइरहेको छ काम
- उद्धारमा सेना परिचालन भयो, जनपरिचालन भएन : प्रचण्ड
- काठमाडौं उपत्यकामा ठूला होटल, रेस्टुरेन्टसहित व्यवसायीलाई ग्यास नदिइने, घरायसी ग्राहकलाई प्राथमिकता
- कांग्रेसको आरोप– सरकार फिल्डमा भन्दा फेसबुकको हल्लामा लाग्यो
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया