‘बहाल–बहिल’ संस्कृतिको पुनरूत्थानमा काव प्रमुख डङ्गोलको प्रतिबद्धता
काठमाडौँ, १० जेठ : काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले बौद्ध परम्परतामा आधारित ‘बहाल–बहिल’ संस्कृति गौरवपूर्ण इतिहास भएकाले तिनीहरुको पुनरूत्थान गरिने बताउनुभएको छ । नेपाल मण्डल लिटरेचर कल्चरल ट्रष्टले आज आयोजना गरेको ‘बहाल–बहिल संस्कृति सामाजिक अध्ययन’ विषयक गोष्ठीमा कार्यवाहक प्रमुख डङ्गोलले काठमाडौँभित्र भएका बहाल–बहिलहरूको वस्तुगत परिस्थिति र सामाजिक पक्षहरूका विषयमा अध्ययनले थप उजगार गरेको बताउनुभयो ।
काठमाडौँभित्र भएका १६ वटा बहिलमध्ये अहिले कतिवटा बहिलहरु नाम छ तर ती बहिलका संस्कृति, परम्परा र रीतिरिवाजहरूको अभिलेख नासिँदै गएको अवस्था छ । डङ्गोलले बहाल–बहिलका संस्कृति, परम्परा र रीतिरिवाजहरूको अभिलेख तयार गर्दै पुनरुस्थानसहित हस्तान्तरण, पुस्तान्तरणका लागि पनि योजना बनाएर अघि बढ्न सुझाव दिनुभयो । “हामीले पुनरुस्थान गर्दै–गर्दा त्यहाँको सौन्दर्य, ऐतिहासिक र धार्मिक पक्षलाई पनि ख्याल गर्नुपर्छ”, उहाँले भन्नुभयो, “त्योसँगै मूर्त–अमूर्त सम्पदाको संरक्षण र संवद्र्धनमा पनि हाम्रो ध्यान जान जरुरी छ ।
बहाल–बहिलको विकास, संरक्षण र पुस्तान्तरणका लागि हामी हातेमालो गरे अघि बढौँ भनेर आग्रह गर्न चाहन्छु ।” ट्रष्टका अध्यक्ष सन्ध्या बज्राचार्यले बहाल–बहिलको संस्कृतिको अध्ययन र अनुसन्धान आजको आवश्यकता भएको भन्दै गोष्ठीमा सहभागी विज्ञहरुको उपस्थितिमा ऐतिहासिक सम्पदा, बौद्ध दर्शन र परम्परागत सामाजिक संरचनालाई उजागर गर्ने विषयमा गहन छलफल गरेको जानकारी दिनुभयो ।
लोप हुन लागेका बही संस्कृति, त्यहाँका पुराना परम्परा र रीतिरिवाजहरूको अभिलेख तयार गर्ने, मध्यकाल र त्योभन्दा अगाडिदेखि विकास भएका बौद्ध विहारहरूको ऐतिहासिक पक्ष केलाउँदै नयाँ तथ्यहरू सार्वजनिक गर्ने, र युवा पुस्तालाई आफ्नो रैथाने संस्कृति र गौरवपूर्ण इतिहासप्रति जागरूक बनाउने जस्ता विषयमा केन्द्रित भएर सो क्षेत्रका विज्ञहरुल बताएका छन् ।
ताजा अपडेट
- गर्भवती सिर्जना : बाढीले घर गुमाइन्, स्कुलको चिसो कोठामा बस्छिन्
- प्रेमीसँग मिलेर श्रीमान्काे हत्या गर्न श्रीमतीले दिइन् डेढ लाखको सुपारी
- त्रिशूली ३ ए को सुरुङको ढोकामा पुगेका इन्जिनियर भन्छन् : स्ल्याब बन्द भएकाले भित्र ढुंगा नछिरेको अनुमान छ
- बाढी प्रभावितलाई तमु धिं युकेको एक करोड
- रसुवा बाढी : टनेलमा कसरी भइरहेको छ काम
- उद्धारमा सेना परिचालन भयो, जनपरिचालन भएन : प्रचण्ड
- काठमाडौं उपत्यकामा ठूला होटल, रेस्टुरेन्टसहित व्यवसायीलाई ग्यास नदिइने, घरायसी ग्राहकलाई प्राथमिकता
- कांग्रेसको आरोप– सरकार फिल्डमा भन्दा फेसबुकको हल्लामा लाग्यो
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया