मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार
महेन्द्रनगर, १० जेठः कञ्चनपुरको महेन्द्रनगरबाट दुई जना सडकआश्रित व्यक्तिको उद्धार गरिएको छ । मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, २०८३ को टोलीले एक महिला र पुरुषलाई उद्धार गरेको हो । उद्धार गरिएका उनीहरुलाई धनगढी मानव सेवा आश्रममा लगिएको मानव सेवा आश्रमका सदस्य उर्विन सापकोटाले जानकारी दिनुभयो ।
आज धनगढीमा उद्धार गर्दैछौं, गत वैशाख २८ गते मेचीबाट सुरु भएको यात्राका क्रममा १२० जनाको उद्धार गरिएको छ”, उहाँले भन्नुभयो । मानव सेवा आश्रमले सडकपेटीमा कसैले पनि कष्टकर जीवनयापन गर्न नपरोस भनेर काँकरभिट्टास्थित मेची पुलबा यात्रा सुरु गरेको थियो । यात्रा कञ्चनपुर–कैलाली हुँदै आइतबार बाँके पुग्नेछ ।
आनी छोइङ डोल्मा फाउन्डेसनकी संस्थापक एवं गायिका आनी छोइङ डोल्मा र आयोजक मानव सेवा आश्रमको टोली उद्धारका लागि यहाँ आइपुगेको हो । आश्रमका सदस्य सापकोटाले सडकआश्रित मानवहरूको उद्धारका लागि देशव्यापी यात्रामा रहेको बताउनुभयो । उहाँले मानव सेवा आश्रमका देशका विभिन्न स्थानमा ३३ वटा सेन्टर रहेको जानकारी दिनुभयो । गायिका आनी छोइङ डोल्माले यात्रामा आर्थिक व्यवस्थापन गर्नुभएको छ भने मानव सेवा आश्रमले अन्य व्यवस्थापकीय भूमि निभाउँदै आएको छ ।
ताजा अपडेट
- गर्भवती सिर्जना : बाढीले घर गुमाइन्, स्कुलको चिसो कोठामा बस्छिन्
- प्रेमीसँग मिलेर श्रीमान्काे हत्या गर्न श्रीमतीले दिइन् डेढ लाखको सुपारी
- त्रिशूली ३ ए को सुरुङको ढोकामा पुगेका इन्जिनियर भन्छन् : स्ल्याब बन्द भएकाले भित्र ढुंगा नछिरेको अनुमान छ
- बाढी प्रभावितलाई तमु धिं युकेको एक करोड
- रसुवा बाढी : टनेलमा कसरी भइरहेको छ काम
- उद्धारमा सेना परिचालन भयो, जनपरिचालन भएन : प्रचण्ड
- काठमाडौं उपत्यकामा ठूला होटल, रेस्टुरेन्टसहित व्यवसायीलाई ग्यास नदिइने, घरायसी ग्राहकलाई प्राथमिकता
- कांग्रेसको आरोप– सरकार फिल्डमा भन्दा फेसबुकको हल्लामा लाग्यो
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया