अन्तरनिकाय समन्वय नहुँदा खानेपानी लाइनमा छ करोड ५९ लाख बराबरको क्षति
काठमाडौँ, १० जेठः सरकारी निकायबीच एक आपासमा समन्वय नगरी काम गर्दा काठमाडौँ उपत्यकाभित्र विछ्याइएका खानेपानीको पाइप लाइनमा क्षति भएको पाइएको छ । महालेखापरीक्षकको कार्यालयले तयार पारेको ६३औं वार्षिक प्रतिवेदनअनुसार अन्तरनिकायबीच समन्वय नगरी काम गर्दा खानेपानी लाइनमा रु छ करोड ५९ लाख ६८ हजार बराबरको क्षति भएको पाइएको छ ।
क्षति भएको रकम बराबरको शोध भर्ना लिनुपर्नेमा त्यस वापतको रकम प्राप्त हुनसकेको छैन । काठमाडौँ उपत्यकामा विच्छ्याइएको पाइपमा सडक, विद्युत्लगायतका कार्य गर्दा पाइपमा क्षति पुगेको थियो । विवरणअनुसार नेपाल विद्युत् प्राधिकरणले काम गर्दा रु एक करोड ६७ लाख ५७ हजार बराबरको क्षति पुगेको छ ।
यस्तै, सडक विभागले आवश्यक काम गर्दा रु दुई करोड ८० हजार, ललितपुर महानगरपालिकाले आवश्यक काम गर्दा रु एक करोड १२ लाख ७३ हजार र अन्य निकायका तर्फबाट रु एक करोड ७१ लाख ३८ हजार बराबरको क्षति पुगेको थियो । यसैगरी एक निर्माण व्यवसायीसँग ठेक्का सम्झौता अन्त्य गरी नयाँ सम्झौता गरिएको सन्दर्भमा कार्यसम्पादन जमानत र पेश्कीसमेत गरी रु दुई अर्ब ५९ करोड ९९ लाख असुल गर्ने गरी निर्णय भएको थियो ।
सो निर्णय बमोजिम उक्त रकम असुल नभएकामा महालेखाले प्रश्न उठाएको छ । काठमाडौँ उपत्यकाको कोड्कु, सल्लाघारी, धोबिघाटमा फोहोर पानी प्रशोधन केन्द्र निर्माणका सन्दर्भमा एक निर्माण व्यवसायीसँग ठेक्का तोडेर अर्को ठेक्का गरेको थियो । सुरुमा एक विदेशी कम्पनीसँग रु तीन अर्ब ४६ करोड ९६ लाखमा सम्झौता भएको थियो ।
सो कम्पनीले रु ७८ करोड ७७ लाख २५ हजार बराबरको कार्य सम्पन्न भएको थियो । तोकिएको समयमा काम नभएपछि ठेक्का सम्झौता अन्त्य गरी पुनः नयाँ निर्माण व्यवसायी छनौट गरिएको थियो । नयाँ व्यवसायी छनोट अघि रु छ अर्ब ४७ करोड एक लाख बराबरको लागत अनुमान गरिएको थियो ।
ताजा अपडेट
- मधेस प्रदेश सरकारद्वारा करिब रु ३३ अर्ब राजस्व सङ्कलन
- मन्त्री लम्सालद्वारा कर्णालीको सडक पूर्वाधारको अनुगमन
- ‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह
- चुरियामाई सुुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
- उच्च अदालत नेपालगन्ज इजलासमा दुई वर्षभन्दा पुराना सबै मुद्दा फर्छ्यौट
- फरार अभियुक्त १८ वर्षपछि पक्राउ
- डडेल्धुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया