सुरक्षामा कमी हुन दिदैनौँ : प्रहरी उपरीक्षक पोखरेल
कर्णाली, ११ जेठः जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ठाकुरप्रसाद पोखरेलले नागरिकलाई शान्ति र सुरक्षाको कमी हुन नदिने बताउनुभएको छ । आइतबार यहाँ आयोजित पत्रकारहरुसँगको भेटघाट कार्यक्रममा उहाँले नागरिकको शान्ति, सुरक्षा र सुशासन कायम गर्ने कुरामा प्रहरीले आफूलाई समर्पण गरेको र सत्य सेवा सुरक्षणम् प्रहरीको मूलमन्त्र भएको बताउनुभयो ।
उक्त कार्यक्रममा प्रहरी उपरीक्षक पोखरेलले गफ नगरी कार्यसम्पादनलाई जनमैत्री र उत्कृष्ट बनाइने जनाउनुभयो । उहाँले भन्नुभयो, “समाजमा अमनचयन, शान्ति र सुव्यवस्था कायम गर्न प्रहरीको एक्लो प्रयासले पूर्ण हुन सक्दैन ।
यसका लागि सबै सरोकारवालाबीच आपसी समन्वय, सहकार्य र सहयोग आवश्यक छ । सुर्खेत राजधानी सहर भएकाले बढ्दो जनङ्ख्या र यसले निम्त्याएका चुनौती र समस्याको अध्ययन गरी समाधानका उपाय खोज्नेछौँ ।” उक्त कार्यक्रममा पत्रकारले सुर्खेतमा सडक सुरक्षा कायम, लागुऔषध नियन्त्रण, अवैध यौनजन्य गतिविधि चुनौतीका रुपमा देखिएको औँल्याउँदै त्यसको नियन्त्रण गर्नुपर्ने जस्ता विषयमा सुझाएका थिए ।
प्रहरी उपरीक्षक पोखरेलले सही सूचनामा आधारित रहेर कानुनविपरीतका गतिविधिलाई न्यूनीकरण एवं नियन्त्रण गर्न बोलेरभन्दा गरेर देखाउने र त्यसका लागि सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।
ताजा अपडेट
- त्रिविको शिक्षाध्यक्षमा अञ्जना सिंह र रजिस्ट्रारमा रवीन्द्र शिवाकोटी नियुक्त
- आजको सर्वदलीय बैठकमा दोस्रो तहका नेताहरू उपस्थित हुने
- रसुवा बाढी : सास भेटिने आस मारेपछि कुशको शव बनाएर अन्त्येष्टि गरिँदै
- विपद्पछि पुनर्निर्माण होइन, विपद् सहन सक्ने नेपाल बनाउनुपर्छ : कानुनमन्त्री गौतम
- नेपाल-चीन व्यापारको मुख्य खम्बा रसुवागढी : अर्बौं लगानी बग्दा भविष्य अनिश्चित
- बाढीमा भाग्यले बाँचेका एउटै गाउँका पाँच जना अटो चढेर घर फर्किए
- हेटौंडा–काठमाडौं सवारीमा नयाँ रुट व्यवस्था, आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने
- बेत्रावतीको एउटै घरमा भेटिए २० भन्दा बढी शव
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया