‘काठमाडौँ कलिङ साहित्य महोत्सव’ को चौथो संस्करण हुँदै
काठमाडौँ, १२ जेठ : चौथो संस्करणको ‘काठमाडौँ कलिङ साहित्य महोत्सव’ यही जेठ २३ र २४ आयोजना हुने भएको छ । ‘सीमाभन्दा परः परिवर्तनशील विश्वमा दक्षिण एसियाली साहित्य’ विषय रहेको दुईदिने महोत्सवमा दक्षिण एसियाका दर्जनौँ चर्चित लेखक, कलाकार, चलचित्रकर्मी, सङ्गीतकार, कूटनीतिज्ञ तथा बुद्धिजीवीको सहभागिता रहने महोत्सवकी निर्देशक रञ्जना निरौलाले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “महोत्सवमा पहिचान, बसाइँसराइ, समावेशिता, अध्यात्म, वातावरण र सामाजिक सहभागिताजस्ता विश्वव्यापी विषयमा दक्षिण एसियाली साहित्य र सांस्कृतिक परम्पराको बढ्दो महत्वलाई झल्काईने छ । महोत्सवमा दक्षिण एसियाली साहित्य, कला र बौद्धिक परम्पराले आजको विश्व परिवेश, सांस्कृतिक परिवर्तन, पहिचान, समावेशिता, अध्यात्म तथा सामाजिक परिवर्तनसँग कसरी संवाद गरिरहेका छन् भन्ने विषयमा छलफल गरिनेछ ।
महोत्सवकी निर्देशक निरौलाले समूहगत छलफल, मुख्य वक्तव्य, कविता वाचन, साङ्गीतिक प्रस्तुति, लेखकसँग अन्तरक्रिया, पुस्तक विमोचन, कार्यशाला, सांस्कृतिक साँझ तथा अन्तरदेशीय साहित्यिक सहकार्यका कार्यक्रम आयोजना गरिने बताउनुभयो । महोत्सव यशस्वी प्रज्ञान प्रतिष्ठानको सहकार्यमा आयोजना हुन लागेको हो ।
यसपटकको संस्करणमा ‘गीत सुन्ने कि हेर्ने ?’, ‘नेपाली काव्य’, ‘समाज, सभ्यता र संस्कृति’, ‘रातो पृथ्वी र तातो पृथ्वी’, ‘नारी लेखनः समानता र स्वतन्त्रता’, ‘देशभन्दा टाढा र स्मृतिभन्दा नजिक’, ‘विद्धावारिणी आवश्यकता कि चुनौती’, ‘महोत्सवका चुनौतीहरु’, ‘नेपाल–भारत सिनेमा’लगायत दुइ दर्जन विषयमा समूहगत छलफल र अन्तरक्रियात्मक कार्यक्रम हुने आयोजकले जनाएको छ । भारतस्थित ओडिशाको भुवनेश्वरमा आधारित ‘कलिङ साहित्य महोत्सव (केएलएफ)’ भारतको प्रमुख साहित्यिक तथा सांस्कृतिक महोत्सव मध्ये एक हो । सन् २०२२ देखि ‘केएलएफ’ ले नेपाल, भारत तथा दक्षिण एसियाली देशहरूबीच साहित्यिक, सांस्कृतिक तथा बौद्धिक आदानप्रदानलाई केन्द्रमा राखी साहित्य महोत्सव आयोजना गर्दै आइरहेको छ ।
ताजा अपडेट
- मधेस प्रदेश सरकारद्वारा करिब रु ३३ अर्ब राजस्व सङ्कलन
- मन्त्री लम्सालद्वारा कर्णालीको सडक पूर्वाधारको अनुगमन
- ‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह
- चुरियामाई सुुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
- उच्च अदालत नेपालगन्ज इजलासमा दुई वर्षभन्दा पुराना सबै मुद्दा फर्छ्यौट
- फरार अभियुक्त १८ वर्षपछि पक्राउ
- डडेल्धुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया