कञ्चनपुर, १२ जेठ ः बेलौरी नगरपालिका–५ भकुण्डास्थित ऐतिहासिक तथा धार्मिक आस्थाको केन्द्र नक्टाबाबा (कालेश्वर) मन्दिर क्षेत्रमा गङ्गादशहरा पर्वका मेला लागेको छ । सोमबार बार रातिदेखि मन्दिर क्षेत्रमा सुरु भएको मेला मङ्गलबार साँझसम्म जारी रहनेछ ।
मेलामा सहभागी हुन नेपाल तथा भारतका विभिन्न स्थानबाट उल्लेख्य सङ्ख्यामा श्रद्धालु भक्तजन धार्मिक क्षेत्रमा पुगेका छन् । हरेक वर्ष जेठको शुक्लपक्षको गङ्गादशहरा पर्वका अवसरमा यहाँ भव्य मेला लाग्ने परम्परा छ । नक्टाबाबा (कालेश्वर) मन्दिरमा सच्चा मनले पूजा गरे मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । धार्मिक सहिष्णुता र सामाजिक सद्भावको प्रतीकका रूपमा परिचित यस क्षेत्रलाई हिन्दू धर्मावलम्बीले विशेष आस्थाका साथ हेर्ने गरेका छन् । स्थानीय बिन्तीराम चौधरीका अनुसार नक्टाबाबा क्षेत्र प्राचीनकालदेखि तपस्या तथा साधनास्थलका रूपमा परिचित रहँदै आएको छ ।
दोदा नदीको तटीय क्षेत्रमा रहेको कालेश्वर महादेवको पूजा–आराधना गरे रोगव्याधि हट्ने, परिवारमा सुखशान्ति कायम हुने तथा सकारात्मक ऊर्जा प्राप्त हुने धार्मिक विश्वास रहेको उहाँ बताउनु हुन्छ । गङ्गादशहरा पर्वका अवसरमा मन्दिर क्षेत्रमा विशेष पूजा, भजनकीर्तन, धार्मिक अनुष्ठानको आयोजना गरिएको छ । मेलामा व्यापारिक कारोबारका लागि टाढाटाढाबाट व्यापारी पुगेका छन् ।
मन्दिर व्यवस्थापन समितिका अनुसार खाना, सांस्कृतिक वस्तुहरु, व्यापारिक प्रयोजनका पसल मन्दिर परिसर क्षेत्रमा राखिएका छन् । मेलालाई मध्यनजर गर्दै बेलौरी नगरपालिका, पुनर्वास नगरपालिका र लालझाडी गाउँपालिकाले जेठ १२ गते स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरेका छन् ।
ताजा अपडेट
- मधेस प्रदेश सरकारद्वारा करिब रु ३३ अर्ब राजस्व सङ्कलन
- मन्त्री लम्सालद्वारा कर्णालीको सडक पूर्वाधारको अनुगमन
- ‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह
- चुरियामाई सुुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
- उच्च अदालत नेपालगन्ज इजलासमा दुई वर्षभन्दा पुराना सबै मुद्दा फर्छ्यौट
- फरार अभियुक्त १८ वर्षपछि पक्राउ
- डडेल्धुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया