प्रधानमन्त्री शाह एक साताभित्र सदनमा उपस्थित हुनुहुन्छ : मुख्य सचेतक बुर्लाकोटी
काठमाडौँ, १२ जेठः राष्ट्रिय स्वतन्त्र पार्टीका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्री वालेन्द्र शाह एक साताभित्र सदनमा उपस्थित हुने जानकारी गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुखसँग समय लिएर मुख्य सचेतक बुर्लाकोटीले सो कुराको जानकारी गराउनुभयो ।
तत्पश्चात नेपाल कम्युनिष्ट पार्टी (एमाले)को संसदीय दलका उपनेता पद्मा अर्यालले सभामुखले कार्यव्यवस्था परामर्श समितिमा भएको समझदारीअनुसार बैठकमा सत्तापक्षको प्रस्तुति नआएको उल्लेख गर्दै सदन सरकारको प्रशंसा गर्ने थलो बन्न सक्ने जिकिर गर्नुभयो । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद प्रमेश हमालले प्रधानमन्त्री संसद्मा उपस्थित हुने सम्बन्धमा सत्ता पक्षका मुख्य सचेतकले राख्नुभएको विषयमा सभामुखबाट रुलिङको माग गर्नुभयो ।
राप्रपाका सचेतक खुश्बु ओलीले कार्यव्यवस्था परामर्श समितिमा भएको समझदारीको पालना गर्न सत्ता पक्षलाई आग्रह गर्नुभयो । श्रम संस्कृतिका सांसद ध्रुवराज राईले संयमित भएर सदनमा प्रस्तुत हुन आग्रह गर्दै विपक्षीको आवाज सुन्न आग्रह गर्नुभयो । विपक्षी दलले संसद्मा प्रधानमन्त्री शाहको उपस्थिति र उठेका विषयमा जवाफ दिन माग गर्दै आइएका छन् ।
ताजा अपडेट
- मधेस प्रदेश सरकारद्वारा करिब रु ३३ अर्ब राजस्व सङ्कलन
- मन्त्री लम्सालद्वारा कर्णालीको सडक पूर्वाधारको अनुगमन
- ‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह
- चुरियामाई सुुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
- उच्च अदालत नेपालगन्ज इजलासमा दुई वर्षभन्दा पुराना सबै मुद्दा फर्छ्यौट
- फरार अभियुक्त १८ वर्षपछि पक्राउ
- डडेल्धुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया