चन्द्रपुर (रौतहट), १२ जेठः रौतहटको चन्द्रपुर नगरपालिका–४ डाँडाटोलमा कुटपिटबाट एक युवकको मृत्यु भएको छ । कुटपिटबाट चन्द्रपुर नगरपालिका–४ चन्द्रनिगाहपुरका ३० वर्षीय विष्णु सुवेदीको मृत्यु भएको हो ।
बारा जिल्लाको निजगढ नगरपालिका–६ भवाराटोल घर भई हाल चन्द्रपुर–४ चन्द्रनिगाहपुरमा बसोबास गर्दै आएका ३८ वर्षीय विमल मोक्तानको कुटपिटबाट सुवेदीको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रहरी नायब उपरीक्षक रुपा लाबुङले जानकारी दिनुभयो ।
मदिरा सेवन गरेका मोक्तानले बाटोमा हिँडिरहेका सुवेदीलाई कुटपिट गरी लडाएका थिए । कुटपिटबाट घाइते सुवेदीको चन्द्रनिगाहपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीले मोक्तानलाई पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
- त्रिविको शिक्षाध्यक्षमा अञ्जना सिंह र रजिस्ट्रारमा रवीन्द्र शिवाकोटी नियुक्त
- आजको सर्वदलीय बैठकमा दोस्रो तहका नेताहरू उपस्थित हुने
- रसुवा बाढी : सास भेटिने आस मारेपछि कुशको शव बनाएर अन्त्येष्टि गरिँदै
- विपद्पछि पुनर्निर्माण होइन, विपद् सहन सक्ने नेपाल बनाउनुपर्छ : कानुनमन्त्री गौतम
- नेपाल-चीन व्यापारको मुख्य खम्बा रसुवागढी : अर्बौं लगानी बग्दा भविष्य अनिश्चित
- बाढीमा भाग्यले बाँचेका एउटै गाउँका पाँच जना अटो चढेर घर फर्किए
- हेटौंडा–काठमाडौं सवारीमा नयाँ रुट व्यवस्था, आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने
- बेत्रावतीको एउटै घरमा भेटिए २० भन्दा बढी शव
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया