प्रसिद्ध धार्मिक स्थल बेहडाबाबामा गङ्गादशहरा मेला सुरु
कैलाली, १३ जेठः धनगढी उपमहानगरपालिका–१६, रामपुरस्थित धार्मिक एवं ऐतिहासिक महत्वको बेहडाबाबामा आजदेखि गङ्गादशहरा मेला सुरु भएको छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष खेमबहादुर चन्दले आज राति १२ः०० बजे जल चढाएर पूजाअर्चना गरी मेला सुरुवात गर्ने परम्परा रहेको बताउनुभयो ।
यहाँ पूजाआजाका साथै दर्शनका लागि कैलाली, कञ्चनपुरलगायत प्रदेशका विभिन्न स्थानका मानिसहरु आउने गरेका छन् । परापूर्वकालमा त्यहाँ शिवलिङ्ग उत्पत्ति भएपछि मन्दिर स्थापना गरिएको कथन छ । मन्दिरको दर्शन गर्नाले मनोकामना पूरा हुने जनविश्वास रही आएको छ ।
खासगरी पुत्रलाभदेखि सङ्कटमोचन गर्ने शक्ति बेहडाबाबा मन्दिरमा रहेको विश्वास भक्तजनहरुमा छ । त्यस्तै यहाँ पूजाआजा तथा दर्शन गर्न आउने भक्तजनहरुको सहजताका लागि सडक मर्मत, बत्ती जडानलगायतको व्यवस्थापन गरिएको आयोजक व्यवस्थापन समितिले जनाएको छ । बेहडाबाबा मन्दिरमा पूजाका लागि छिमेकी मुलुक भारतका विभिन्न स्थानबाट समेत भक्तजनहरु आउने गरेका छन् ।
धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले विभिन्न चाडपर्वमध्ये गङ्गादशहरा पनि यहाँको महत्वपूर्ण चाड रहेको बताउनुभयो । मेलाका अवसरमा उपमहानगरले सार्वजनिक बिदा पनि दिएको छ । यहाँ आउने भक्तजनहरुको सहजताका लागि निःशुल्क बस सञ्चालन गरिएको छ । आजबाट सुरु भएको मेला जेठ १५ गतेसम्म सञ्चालन हुनेछ ।
ताजा अपडेट
- त्रिविको शिक्षाध्यक्षमा अञ्जना सिंह र रजिस्ट्रारमा रवीन्द्र शिवाकोटी नियुक्त
- आजको सर्वदलीय बैठकमा दोस्रो तहका नेताहरू उपस्थित हुने
- रसुवा बाढी : सास भेटिने आस मारेपछि कुशको शव बनाएर अन्त्येष्टि गरिँदै
- विपद्पछि पुनर्निर्माण होइन, विपद् सहन सक्ने नेपाल बनाउनुपर्छ : कानुनमन्त्री गौतम
- नेपाल-चीन व्यापारको मुख्य खम्बा रसुवागढी : अर्बौं लगानी बग्दा भविष्य अनिश्चित
- बाढीमा भाग्यले बाँचेका एउटै गाउँका पाँच जना अटो चढेर घर फर्किए
- हेटौंडा–काठमाडौं सवारीमा नयाँ रुट व्यवस्था, आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने
- बेत्रावतीको एउटै घरमा भेटिए २० भन्दा बढी शव
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया