हमासका सैन्य नेता मुहम्मद ओदेहको मृत्यु भएको इजरायलको दावी
इजरायली रक्षा बलले गाजामा हमासको सैन्य बलको नयाँ नेता तथा अक्टोबर –७ को नरसंहारको मुख्य योजनाकार मुहम्मद ओदेहको इजरायली आक्रमणमा मृत्यु भएको दावी गरेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र रक्षामन्त्री इजरायल काट्जको निर्देशनमा भएको अपरेसनमा ओदेहको मृत्यु भएको इजरायली प्रधानमन्त्री कार्यालय (पीएमओ) ले सामाजिक सञ्जाल एक्समा उल्लेख गरेको छ । ओदेहले अक्टोबर –७ को नरसंहारको समयमा हमासको गुप्तचर स्टाफको प्रमुखको रूपमा सेवा गरेको र दुई हप्ता अघि मात्र सैन्य प्रमुखको रुपमा नियुक्त गरिएको जनाइएको छ ।
ओदेह धेरै इजरायली नागरिक र आईडीएफ सैनिकहरूको हत्या, अपहरण र घाइतेको घटनाको लागि पनि जिम्मेवार रहेको जनाइएको छ । बेन्जामिन नेतान्याहूले सामाजिक सञ्जाल एक्समा सन् २०२३ अक्टोबर –७ को नरसंहारमा संलग्न सबैलाई हटाउने प्रतिवद्धता पुष्टि गर्नु भएको छ । यसै बीच, इजरायलले कारबाही बढाए पछि दक्षिणी लेबनानमा आफ्नो आक्रमण जारी राखेको अल जजिराले जनाएको छ । दुई वटा हवाई आक्रमण बुर्ज राहलमा भएको थियो, भने टायर जिल्लाको कवथरियात अल–रुजमा शक्तिशाली आक्रमण भएको रिपोर्ट गरिएको थियो ।
इजरायली सेनाले श्रीफा सहरमा दुईवटा र टायर जिल्लाको बुर्ज राहलमा एउटा हवाई आक्रमण गरेको जनाएको छ । अस–सवाना सहर मर्जायुन जिल्लाको कब्रिखामा छापा मारेको अल जजिराले जनाएको छ । मङ्गलबार दक्षिणी लेबनानमा भएको इजरायली हवाई आक्रमणमा ३१ जनाको मृत्यु हुनुका साथै ४० जना घाइते भएको अल जजीराले जनाएको छ ।
ताजा अपडेट
- मधेस प्रदेश सरकारद्वारा करिब रु ३३ अर्ब राजस्व सङ्कलन
- मन्त्री लम्सालद्वारा कर्णालीको सडक पूर्वाधारको अनुगमन
- ‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह
- चुरियामाई सुुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
- उच्च अदालत नेपालगन्ज इजलासमा दुई वर्षभन्दा पुराना सबै मुद्दा फर्छ्यौट
- फरार अभियुक्त १८ वर्षपछि पक्राउ
- डडेल्धुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया