वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
काठमाडौँ, १३ जेठः वैदेशिक रोजगारमा जाने नेपाली कामदारको नयाँ श्रम स्वीकृति लिनेको सङ्ख्या घटेको छ भने पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या वृद्धि भएको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आज प्रतिनिधिसभाको बैठकमा प्रस्तुत गर्नुभएको आर्थिक सर्वेक्षण २०८२/८३ को तथ्याङ्कअनुसार वैदेशिक रोजगारमा जान नयाँ श्रम स्वीकृति लिने नेपाली कामदारको सङ्ख्या १३.७ प्रतिशतले सङ्कुचन भई दुई लाख ७३ हजार ५३० रहेको देखाएको हो । त्यसैगरी यस आर्थिक अवधिमा वैदेशिक रोजगारमा जान पुनःश्रम स्वीकृति लिने नेपाली कामदारको सङ्ख्या १५.९ प्रतिशतले वृद्धि भई दुई लाख ५१ हजार ९८३ पुगेको छ । यस अवधिमा नयाँ र पुनः श्रम स्वीकृति लिने कामदारको सङ्ख्या पाँच लाख २५ हजार ५१३ पुगेको छ । यसमध्ये, महिला १२.१ प्रतिशत र पुरुष ८७.९ प्रतिशत रहेका छन् । गत आर्थिक वर्षको सोही अवधिमा नयाँ र पुनःश्रम स्वीकृति लिने कामदारको सङ्ख्या पाँच लाख ३४ हजार ४७१ रहेको थियो । सर्वेक्षणले आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक रोजगारमा जान नयाँ श्रम स्वीकृति लिने नेपाली कामदारको सङ्ख्या १०.० प्रतिशतले बढेर पाँच लाख पाँच हजार ९५७ र पुनः श्रम स्वीकृति लिने नेपाली कामदारको सङ्ख्या १८.५ प्रतिशले बढेर तीन लाख ३३ हजार ३०९ पुगेको थियो ।
ताजा अपडेट
- त्रिविको शिक्षाध्यक्षमा अञ्जना सिंह र रजिस्ट्रारमा रवीन्द्र शिवाकोटी नियुक्त
- आजको सर्वदलीय बैठकमा दोस्रो तहका नेताहरू उपस्थित हुने
- रसुवा बाढी : सास भेटिने आस मारेपछि कुशको शव बनाएर अन्त्येष्टि गरिँदै
- विपद्पछि पुनर्निर्माण होइन, विपद् सहन सक्ने नेपाल बनाउनुपर्छ : कानुनमन्त्री गौतम
- नेपाल-चीन व्यापारको मुख्य खम्बा रसुवागढी : अर्बौं लगानी बग्दा भविष्य अनिश्चित
- बाढीमा भाग्यले बाँचेका एउटै गाउँका पाँच जना अटो चढेर घर फर्किए
- हेटौंडा–काठमाडौं सवारीमा नयाँ रुट व्यवस्था, आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने
- बेत्रावतीको एउटै घरमा भेटिए २० भन्दा बढी शव
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया