Techie IT
  • मंगलबार, भदौ १६, २०८३ / Tuesday, September 1, 2026
गृहपृष्ठसमाचारसांसद शेर्पाद्वारा सङ्घीय संसद्को ‘लोगो’ सहित सगरमाथा आरोहण

सांसद शेर्पाद्वारा सङ्घीय संसद्को ‘लोगो’ सहित सगरमाथा आरोहण


काठमाडौँ, १४ जेठः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य मिङमा डेभिड शेर्पाले सङ्घीय संसद्को ‘लोगो’ सहित सगरमाथा आरोहरण गर्नुभएको छ ।उहाँले बुधबार बिहान ५ः४० मा सगरमाथाको आरोहरण गर्नुभएको जनाइएको छ ।

सांसद शेर्पाले ‘बेसक्याप’ फर्किएपछि बुधबार साँझ आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत नवौँ दिनमा सगरमाथाको सफल आरोहण गरेको पोष्ट गर्नुभएको थियो । ‘सदनदेखि शिखरसम्म’ भन्ने नाराका साथ सांसद शेर्पा सगरमाथा आरोहण गर्नुभएको थियो ।

उहाँले आफ्नो सगरमाथा आरोहरणमा सहयोग पु¥याउनुहुने सभामुख डोलप्रसाद अर्याल सहित सबैमा आभार व्यक्त गर्नुभएको छ ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट