एसइईमा उत्कृष्ट नतिजा ल्याउने युनिकलाई एक लाख पुरस्कार
गोरखा, १७ जेठः यस वर्षको एसइईमा फोर (चार) जिपिए ल्याएर उत्तीर्ण गरेका युनिक पनेरुलाई बारपाक सुलिकोट गाउँपालिकाले पुरस्कारस्वरुप रु एक लाख तथा सम्मानपत्र प्रदान गरेको छ । गाउँपालिकाको अघिल्लो वर्षदेखि लागू भएको सो कार्यक्रमअनुसार गणतन्त्र दिवसको अवसर पारेर आयोजित कार्यक्रममा पनेरुलाई सम्मान गरिएको हो ।
एसइईमा चार जिपिए ल्याउने विद्यार्थीलाई रु एक लाख पुरस्कार दिने गाउँपालिकाले गत वर्ष घोषणा गरेको थियो”, गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले भन्नुभयो, “त्यही कार्यक्रमअन्तर्गत हाम्रो शैलपुत्री माविबाट एसइई दिएर चार जिपिए ल्याएर उत्तीर्ण गरेका पनेरुलाई आज आयोजित अस्पताल उद्घाटन तथा पुरस्कार, वितरण कार्यक्रममा पुरस्कार दिइएको हो ।
गाउँपालिकाले ३.४ देखि ३.५९ जीपीए ल्याउने सात जनालाई रु १० हजार तथा ३.६० जीपीए ल्याउने एक जनालाई रु १५ हजारका दरले प्रदान गरेको अध्यक्ष भट्टले बताउनुभयो । कक्षा १२ का १०, कक्षा १० का नौ, कक्षा ८ का सात र कक्षा ५ का ६ जना विषयगत उत्कृष्ट शिक्षकलाई पनि रु पाँच–पाँच हजार नगदसहित सम्मान गरिएको गाउँपालिकाले जनाएको छ ।
ताजा अपडेट
- त्रिविको शिक्षाध्यक्षमा अञ्जना सिंह र रजिस्ट्रारमा रवीन्द्र शिवाकोटी नियुक्त
- आजको सर्वदलीय बैठकमा दोस्रो तहका नेताहरू उपस्थित हुने
- रसुवा बाढी : सास भेटिने आस मारेपछि कुशको शव बनाएर अन्त्येष्टि गरिँदै
- विपद्पछि पुनर्निर्माण होइन, विपद् सहन सक्ने नेपाल बनाउनुपर्छ : कानुनमन्त्री गौतम
- नेपाल-चीन व्यापारको मुख्य खम्बा रसुवागढी : अर्बौं लगानी बग्दा भविष्य अनिश्चित
- बाढीमा भाग्यले बाँचेका एउटै गाउँका पाँच जना अटो चढेर घर फर्किए
- हेटौंडा–काठमाडौं सवारीमा नयाँ रुट व्यवस्था, आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने
- बेत्रावतीको एउटै घरमा भेटिए २० भन्दा बढी शव
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया