विपक्षीको विरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित
काठमाडौँ, १९ जेठ : प्रतिनिधिसभाको आजको बैठकमा प्रतिपक्षी दलहरुले लगातार विरोध जनाएपछि बैठक सोमबारसम्मका लागि स्थगित भएको छ । निर्धारित समयभन्दा तीन घण्टा ढिलो गरेर सुरु भएको बैठकमा प्रमुख प्रतिपक्षीलगायतका विपक्षी दलले राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताका विषयमा कुनै पनि सम्झौता हुन नसक्ने उल्लेख गर्दै प्रधानमन्त्रीले आफ्नो धारणा फिर्ता लिनुपर्ने धारणा राखेका थिए । सभामुख डोलप्रसाद अर्यालले विपक्षी दलहरुलाई कार्यसूचीमा प्रवेश गरेर सहयोग गर्न पटकपटक आग्रह गर्नुभएको थियो ।
बजेटलगायतका महत्वपूर्ण विषयमा छलफल गर्नुपर्ने भएकाले आसनग्रहण गरी बैठक सञ्चालनमा सहयोग गर्न उहाँले अनुरोध गर्नुभयो । विपक्षी दलका सांसदहरुले सभामुखको आग्रहलाई अस्वीकार गर्दै निरन्तर विरोध गरेपछि बैठक यही जेठ २५ गते सोमबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ । आजको बैठकमा सभामुख अर्यालले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाउनुभयो । त्यसअघि नेपाली कांग्रेसका सांसद अभिषेकप्रसाद साहले नेपाल–भारत सीमाका सम्बन्धमा प्रधानमन्त्री वालेन्द्र शाहले सदनमा राख्नुभएको धारणा पुष्टि गर्न आग्रह गर्नुभयो ।
उहाँले नेपाली कांग्रेसका तर्फबाट सो सम्बन्धमा सदनमा विरोध दर्ज गराइएको जानकारी दिनुभयो । श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले देशको सार्वभौमसत्ता, अखण्डता जोगाउने सम्बन्धमा सबै सांसदहरुको समान धारणा रहेको उल्लेख गर्नुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद खुश्बु ओलीले प्रधानमन्त्री व्यक्ति नभई संस्था भएकाले त्यस्तो निकायबाट गलत धारणा आउनु आफैमा ग्राह्य नभएको तर्क गर्नुभयो । देशको सीमा, सार्वभौमसत्ता, अखण्डताका विषयमा सम्झौता हुन नसक्ने उहाँको भनाइ थियो । नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले प्रधानमन्त्री राष्ट्रको अभिभावक भएकाले सीमाका सम्बन्धमा दिनुभएको वक्तव्य तथ्यमा आधारित हुनुपर्नेमा जोड दिनुभयो । आफूहरु संसद् सहज ढङ्गले चलोस् भन्नेमा प्रष्ट रहेको उल्लेख गर्दै उहाँले सो सम्बन्धमा सत्तापक्षको धारणा सार्वजनिक गर्न माग गर्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद गणेशसिंह ठगुन्नाले सीमा विवाद र अतिक्रमणका विषय फरकफरक विषय भएको बताउनुभयो । देशको भौगोलिक अखण्डता र सार्वभौमसत्ताका विषयमा कोही कसैसँग सम्झौता हुन नसक्ने उहाँको भनाइ थियो । आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची थियो । यसैगरी सदनमा आव २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमााथि सामान्य छलफल प्रारम्भ गर्ने कार्यसूची थियो ।
ताजा अपडेट
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
- साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत
- पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
- चितवनमा अनलाइन प्रणालीबाट मल वितरण
- सिसी क्यामेराको निगरानीमा भरतपुर
- सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
- धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा
- अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया