दमौली (तनहुँ), २० जेठ: केही समयअघिसम्म मकै भित्र्याएपछि खेतबारी वा घरआँगनमा थुप्रिने खोस्टा अधिकांशका लागि काम नलाग्ने वस्तु थियो, तर हाल त्यही खोस्टा महिलाहरूका लागि सीप, सृजना र आम्दानीको माध्यम बन्न थालेको छ । यसैबीच दमौलीमा सुरु भएको मकैको खोस्टाबाट विभिन्न सामग्री निर्माण गर्ने तालिमले महिलाहरूमा नयाँ उत्साह थपेको छ ।
जनभावना नेवाः खल मिसाः पुच दमौलीको आयोजना तथा व्यास नगरपालिका–३ वडा कार्यालयको आर्थिक सहयोगमा मङ्गलबारदेखि यहाँ सुरु भएको पाँचदिने तालिममा ४० जना महिला सहभागी छन् । तालिममा सहभागीहरूलाई मकैको खोस्टालाई उपयोग गर्न विभिन्न आकारमा मोड्दै, गाँस्दै र सजावटी सामग्री बनाउने अभ्यास गराउन थालिएको छ । वडाध्यक्ष अनुप रानाले खेर गइरहेको मकैको खोस्टाको उपयोग गरी आत्मनिर्भर बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको बताउनुभयो । तालिमपछि व्यवहारिक अभ्यासका लागि पनि प्रोत्साहन गरिने र उत्पादित सामग्रीको बजारीकरणका लागि कार्यालयले आवश्यक सहयोग गर्ने उहाँले बताउनुभयो ।
सीप सिकेरमात्रै पुग्दैन, त्यसलाई व्यवसायमा रूपान्तरण गर्न सक्नुपर्छ । यस कार्यमा सहयोग गर्छौं”, वडाध्यक्ष रानाले भन्नुभयो । व्यास नगरपालिकाका पूर्वप्रमुख ताराप्रसाद श्रेष्ठले सीपलाई आयआर्जनसँग जोड्न सके तालिमको उपलब्धि देखिने बताउनुभयो । उहाँले स्थानीयस्तरमा खेर जाने सामग्रीबाट लाभ लिन यस्ता कार्यक्रमको निरन्तरताका लागि पनि आग्रह गर्नुभयो । महिला उद्यमी सङ्घ गण्डकीकी उपाध्यक्ष निर्मला मल्लले मकैको खोस्टाजस्तो सामान्य वस्तुले पनि राम्रो आम्दानी दिन सक्ने बताउनुभयो । “सिर्जनशीलता र मिहिनेत जोडियो भने खेर जाने वस्तु पनि अवसर बन्न सक्छ ।
त्यसैले तालिमलाई अवसरका रूपमा लिँदै आत्मर्भिर बन्न आवश्यक छ”, उहाँले भन्नुभयो । वडासचिव सावित्री आचार्यले वडा कार्यालयले समुदायका विभिन्न समूहलाई लक्षित गरी नियमित रूपमा सीपमूलक तालिम सञ्चालन गर्दै आएको बताउनुभयो । यस्ता कार्यक्रमले महिलाको आत्मविश्वास बढाउनुका साथै स्वरोजगारको अवसर सृजना गर्ने उहाँको भनाइ थियो । जनभावना नेवाः खल मिसाः पुचकी अध्यक्ष रश्मिला ताम्राकारले महिलालाई आर्थिक गतिविधिसँग जोड्न र स्थानीयस्तरमै रोजगारी सृजना गर्ने उद्देश्यले तालिम आयोजना गरिएको बताउनुभयो । सचिव सरिता श्रेष्ठले आमा समूह, टोल विकास संस्था तथा पुचका सदस्यहरूबाट छनोट गरी तालिम दिन थालिएको बताउनुभयो । यही जेठ २३ गतेसम्म सञ्चालन हुने तालिममा विमल श्रेष्ठ र सुशीला श्रेष्ठले प्रशिक्षण दिइरहनुभएको छ ।
ताजा अपडेट
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
- साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत
- पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
- चितवनमा अनलाइन प्रणालीबाट मल वितरण
- सिसी क्यामेराको निगरानीमा भरतपुर
- सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
- धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा
- अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया