Techie IT
  • मंगलबार, भदौ १६, २०८३ / Wednesday, September 2, 2026
गृहपृष्ठसमाचारकांग्रेसले बोलायो केन्द्रीय अनुशासन समितिको बैठक

कांग्रेसले बोलायो केन्द्रीय अनुशासन समितिको बैठक


काठमाडौँ, २० जेठः नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक यही जेठ २१ गते बिहीबार बस्ने भएको छ । समितिका सचिव दिनेश थापामगरले विज्ञप्ति जारी गर्दै बिहीबारका लागि बैठक आह्वान गरिएको जानकारी दिनुभएको हो । बैठक पार्टी केन्द्रीय कार्यालय ललितपुरको सानेपामा बस्नेछ । बैठकमा सहभागी हुन समितिका सबै सदस्यहरूलाई निर्देशानुसार अनुरोध गरिएको छ । बैठकमा पार्टीको आन्तरिक अनुशासन, प्राप्त उजुरी र भावी कार्ययोजनाका बारेमा छलफल हुने बताइएको छ ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट