निःशुल्क आँखा जाँच शिविरबाट २०७ जना लाभान्वित
गण्डकी, ७ मङ्सिरः
हिमालय क्लबको आयोजना एवं दृष्टि आँखा अस्पताल नयाँबजारको प्राविधिक सहयोगमा पोेखराको बाटुलेचौरमा शनिबार सम्पन्न निशुल्क आँखा जाँच शिविरबाट दुई सय सात जना लाभान्वित भएका छन् । दृष्टि विशेषज्ञ डा प्रिन्सा बास्तोला, नेत्र सहायक प्रसिद्धी शाही र स्नेहा पुरीले सेवाग्राहीको आँखा परीक्षण गर्नुुभएको थियो । सो क्रममा ३५ जनामा मोतियाविन्दुको समस्या देखिएको क्लबका अध्यक्ष मोहन थापाले जानकारी दिनुुभयो ।
मोतियाविन्दु देखिएका बिरामीको अस्पतालको समवन्यमा उपचार गरिने जनाइएको छ । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले सामाजिक सङ्घसंस्थाले जनताका प्रत्यक्ष सरोकारका विषयमा काम गर्नुपर्ने बताउँदै स्वस्थ नागरिकबाट मात्रै समृद्ध समाज निर्माण गर्न सकिनेमा जोड दिनुुभयो । क्लबका अध्यक्ष थापाले समाजिक उत्तरदायित्व बहन गर्दै शिविर आयोजना गरिएको जानकारी दिनुुभयो ।
अस्पतालका अध्यक्ष शिव पोखरेलले आँखालाई सुरक्षित राख्न नियमित परीक्षण गर्नुपर्ने आवश्यकता औँल्याउनुुभयो । बिरामीलाई निःशुल्क औषधि वितरण र सहुलियत दरमा चश्मा वितरण गरिएको शिविरबाट लामाचौर, बाटुलेचौर, घार्मी, कुरेचौर, हरिपाउँ, अर्मला, भलामलगायत आसपासका क्षेत्रका बासिन्दा लाभान्वित भएको आयोजकले जनाएको छ । यसअघि क्लबले मुटुसम्बन्धी जाँच, महिलाको पाठेघरको मुखको क्यान्सर ‘स्क्रिनिङ टेस्ट’ लगायत विभिन्न स्वास्थ्य जाँच गरी नागरिकलाई सेवा प्रदान गर्दै आएको छ ।
ताजा अपडेट
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
- साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत
- पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
- चितवनमा अनलाइन प्रणालीबाट मल वितरण
- सिसी क्यामेराको निगरानीमा भरतपुर
- सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
- धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा
- अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया