पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
कास्की, २१ जेठः नेपाली क्रिकेटमा नयाँ पुस्ताका प्रतिभा खोज्ने लक्ष्यसहित गण्डकी प्रदेश राष्ट्रिय विद्यालय क्रिकेट च्याम्पियनसिप शुक्रबारदेखि पोखरा रङ्गशालाको क्रिकेट मैदानमा सुरु हुँदैछ । गण्डकी प्रादेशिक क्रिकेट सङ्घको आयोजनामा हुन लागेको प्रतियोगिताले विद्यालय तहबाट क्रिकेटको जग बलियो बनाउने, ग्रामिण तथा जिल्लास्तरमा लुकेका प्रतिभालाई राष्ट्रिय मञ्चसम्म पु¥याउने र भविष्यका राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्य लिएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा गण्डकी प्रदेशका कास्की, नवलपुर, स्याङ्जा र पर्वत जिल्लाका उत्कृष्ट विद्यालय टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुने आयोजक गण्डकी प्रदेश क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला स्तरीय छनोट प्रतियोगिताको विजेता विद्यालय मात्र प्रदेशस्तरीय प्रतियोगितामा सहभागी हुने व्यवस्था गरिएको छ । प्रतियोगितामा कास्कीबाट डायमण्ड सेकेन्डरी स्कुल, नवलपुरबाट भिमसेन आदर्श माध्यमिक विद्यालय, स्याङ्जाबाट भगवती माध्यमिक विद्यालय तथा पर्वतबाट मङ्गलोदय माध्यमिक विद्यालय प्रतियोगितामा सहभागी हुँदैछन् । यस वर्ष प्रतियोगितामा थप विशेष अवसरस्वरुप सहभागी विद्यालय टोलीसँगै सम्बन्धित जिल्लाबाट छनोट गरिएका अतिरिक्त चार उत्कृष्ट खेलाडीलाई पनि टोलीमा समावेश गरिने छ ।
यस व्यवस्थाले विद्यालय टोलीमा नपरेका तर उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई समेत प्रदेशस्तरीय प्रतियोगितामा आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर दिने विश्वास गरिएको अध्यक्ष सिग्देलले बताउनुभयो । प्रतियोगिताका लिग चरणका खेल जेठ २२, २३ र २४ गते सञ्चालन हुनेछन् भने उपाधिका लागि जेठ २५ गते प्रतिस्पर्धा हुनेछ । पहिलो खेल शुक्रबार बिहान ९ः०० बजे र दोस्रो खेल दिउँसो १ः०० बजे सुरु हुने आयोजकले जनाएको छ । प्रतियोगिताका विजेता टोलीले आगामी असार पहिलो सातादेखि काठमाडौँमा आयोजना हुने राष्ट्रिय विद्यालय क्रिकेट च्याम्पियनसिपमा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्नेछन् ।
साथै प्रतियोगिताबाट छनोट हुने उत्कृष्ट चार खेलाडीले पनि विजेता विद्यालयको टोलीबाट राष्ट्रिय प्रतियोगिता खेल्ने अवसर प्राप्त गर्नेछन् । प्रतियोगितामा कक्षा १० सम्म अध्ययनरत विद्यार्थी सहभागी हुन पाउनेछन् । यस वर्ष एसइई परीक्षा उत्तीर्ण गरिसकेका तर जिल्ला स्तरीय प्रतियोगितामा सहभागी भएका खेलाडीलाई समेत खेल्न अनुमति दिइएको आयोजकले जनाएको छ । नेपालमा पछिल्लो समय क्रिकेटप्रति युवापुस्ताको आकर्षण तीव्र रूपमा बढिरहेका बेला विद्यालयस्तरबाटै व्यवस्थित प्रतिस्पर्धा सञ्चालन हुनुले भविष्यका राष्ट्रिय खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको जनाइएको छ ।
ताजा अपडेट
- त्रिविको शिक्षाध्यक्षमा अञ्जना सिंह र रजिस्ट्रारमा रवीन्द्र शिवाकोटी नियुक्त
- आजको सर्वदलीय बैठकमा दोस्रो तहका नेताहरू उपस्थित हुने
- रसुवा बाढी : सास भेटिने आस मारेपछि कुशको शव बनाएर अन्त्येष्टि गरिँदै
- विपद्पछि पुनर्निर्माण होइन, विपद् सहन सक्ने नेपाल बनाउनुपर्छ : कानुनमन्त्री गौतम
- नेपाल-चीन व्यापारको मुख्य खम्बा रसुवागढी : अर्बौं लगानी बग्दा भविष्य अनिश्चित
- बाढीमा भाग्यले बाँचेका एउटै गाउँका पाँच जना अटो चढेर घर फर्किए
- हेटौंडा–काठमाडौं सवारीमा नयाँ रुट व्यवस्था, आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने
- बेत्रावतीको एउटै घरमा भेटिए २० भन्दा बढी शव
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया