स्थानीय तहसम्म ज्ञान र प्रविधि पु-याउँदै कोइका स्वयंसेवक
काठमाडौँ, २३ जेठः कोरिया अन्तरराष्ट्रिय सहयोग नियोग (कोइका) ले नेपालमा सञ्चालन गरेका स्वयंसेवक कार्यक्रमलाई अझ प्रभावकारी बनाउन स्वयंसेवक साझेदार संस्थाहरूसँग परामर्श कार्यशाला आयोजना गरेको छ । कार्यशालाको प्रारम्भ गर्दै कोइका नेपालका देशीय निर्देशक मुहोन कोङले स्वयंसेवक परिचालन गरिएका संस्थाहरूको निरन्तर सहयोगप्रति आभार व्यक्त गर्दै कोइका स्वयंसेवक कार्यक्रमको प्रभावकारिता अभिवृद्धिमा ती संस्थाको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाँले ज्ञान, सीप र विशेषज्ञताको आदानप्रदानमार्फत साझेदार देशहरूको सामाजिक तथा आर्थिक विकासमा योगदान पु¥याउनुका साथै कोरिया र साझेदार मुलुकबीच मित्रता, आपसी समझदारी र सहकार्य प्रवद्र्धन गर्नु कार्यक्रमको प्रमुख उद्देश्य रहेको उल्लेख गर्नुभयो ।
अर्थ मन्त्रालयका उपसचिव अर्जुन ढकालले सन् १९९१ यता कोरिया ‘ओभरसिज भोलिन्टियर्स’ले नेपालको सामाजिक–आर्थिक विकासमा पु¥याएको योगदानको प्रशंसा गर्नुभयो । उहाँले शिक्षा, स्वास्थ्य, कृषि तथा सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा स्वयंसेवकहरूले ज्ञान, सीप र अनुभव हस्तान्तरण गर्दै परिश्रम, समयपालन र समर्पणजस्ता मूल्य स्थापित गर्न सहयोग गरेकामा कोरिया सरकारप्रति आभार व्यक्त गर्नुभयो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपसचिव प्रह्लाद कार्कीले स्थानीय तहसम्म ज्ञान र प्रविधि पु¥याएर कोरियाली स्वयंसेवकहरूले नेपाल र नेपालीलाई ठूलो गुन लगाएको बताउनुभयो ।
कार्यशालामा कोइका नेपालले कोरिया ओभरसिज भोलिन्टियर्स कार्यक्रमसहित विभिन्न विकास सहकार्य पहलका बारेमा जानकारी गराएको थियो । त्यस अवसरमा कास्कीस्थित गौरीशङ्कर माध्यमिक विद्यालयमा प्रारम्भिक बालविकास स्वयंसेवकका रूपमा कार्यरत मिह्युन स्युङले बालविकास शिक्षामा आफूले गरिरहेका गतिविधिबारे जानकारी गराउनुभयो । त्यसैगरी, ललितपुरको गोदावरी नगरपालिकामा पर्यटन स्वयंसेवकका रूपमा कार्यरत स्युङचुल काङले दक्षिण कोरियाको जेजु क्षेत्रलाई विश्वस्तरीय पर्यटकीय गन्तव्यका रूपमा विकास गरिएको अनुभव प्रस्तुत गर्दै नेपालमा दिगो पर्यटन प्रवद्र्धनका सम्भावनाबारे धारणा राख्नुभयो ।
नेपाल रेडक्रस सोसाइटी, प्रादेशिक रक्तसञ्चार सेवा कास्कीका प्रतिनिधिले कोइकाको सहयोगमा सञ्चालित एक परियोजनाको अनुभव साझा गर्दै प्राप्त उपकरणहरूले रक्तदानसम्बन्धी गतिविधिमा सकारात्मक परिवर्तन ल्याएको बताउनुभयो । उहाँले स्थानीय संस्थाको क्षमता अभिवृद्धिमा अन्तर्राष्ट्रिय स्वयंसेवी सहकार्य महत्वपूर्ण हुने धारणा व्यक्त गर्नुभयो । विश्वभाषा क्याम्पसका क्याम्पस प्रमुख डा महेन्द्रकुमार बुढाथोकीले कोइकासँगको लामो सहकार्य र कोरियाली स्वयंसेवकहरूको योगदानको चर्चा गर्दै हाल त्रिभुवन विश्वविद्यालयले कोरियाली भाषा शिक्षाको स्नातक तहको पाठ्यक्रम स्वीकृत गरिसकेको सन्दर्भमा थप स्वयंसेवक परिचालन हुने अपेक्षा व्यक्त गर्नुभयो ।
कोइका एलुम्नाइ एसोसिएसन अफ नेपाल (कान) का अध्यक्ष नवराज गौतमले कोरियाली संस्कृति, सामाजिक व्यवहार र नेपालसँगका समानताबारे प्रस्तुति दिनुभएको थियो । उहाँले स्वयंसेवकहरूको ज्ञान र अनुभवको अधिकतम उपयोग गर्न साझेदार संस्थाहरूलाई आग्रह गर्नुभयो । ललितपुरमा शुक्रबार आयोजित कार्यशालामा स्वयंसेवकसँग सम्बन्धित साझेदार संस्थाका प्रतिनिधि, विभिन्न मन्त्रालय तथा विभागका अधिकारी, कोइकाका कर्मचारी र ‘कोरिया ओभरसिज भोलेन्टियर्स’’ गरी ४७ जनाको सहभागिता थियो ।
ताजा अपडेट
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
- साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत
- पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
- चितवनमा अनलाइन प्रणालीबाट मल वितरण
- सिसी क्यामेराको निगरानीमा भरतपुर
- सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
- धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा
- अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया