तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान
दमौली (तनहुँ), २६ जेठः स्थानीय तहले आर्थिक वर्ष २०८३/८४ का लागि सङ्घीय सरकारबाट रु चार अर्बभन्दा बढी अनुदान पाउने भएका छन् । जिल्लास्थित १० स्थानीय तहका लागि अर्थ मन्त्रालयले रु चार अर्ब ५६ करोड ४७ लाख विनियोजन गरेको हो । सबैभन्दा बढी व्यास नगरपालिकाले र सबैभन्दा कम घिरिङ गाउँपालिकालाई बजेट विनियोजन गरिएको छ ।
व्यास नगरपालिकालाई रु ९४ करोड ३० लाख विनियोजन गरिएको छ । व्यास नगरपालिकाले समानीकरण अनुदानतर्फ रु १८ करोड ६० लाख, सशर्त अनुदानतर्फ रु ७५ करोड २० लाख र समपुरक अनुदानतर्फ रु ५० लाख बजेट पाउनेछ । भानु नगरपालिकालाई रु ५९ करोड ६८ लाख विनियोजन गरिएको छ ।
भानुले समानीकरण अनुदानतर्फ रु १३ करोड ८७ लाख, सशर्त अनुदानतर्फ रु ४४ करोड ४१ लाख, विशेष अनुदानतर्फ एक करोड र समपुरक अनुदानतर्फ रु ४० लाख पाउनेछ । भिमाद नगरपालिकालाई रु ४५ करोड ६९ लाख विनियोजन गरिएको छ । भिमादले समानीकरण अनुदानतर्फ रु ११ करोड १४ लाख, सशर्त अनुदानतर्फ रु ३० करोड ७३ लाख, विशेष अनुदानतर्फ रु एक करोड ६७ लाख र समपुरक अनुदानतर्फ रु दुई करोड १५ लाख पाउनेछ ।
शुक्लागण्डकी नगरपालिकालाई रु ६३ करोड ७८ लाख विनियोजन गरिएको छ । शुक्लागण्डकीले समानीकरण अनुदानतर्फ रु १४ करोड ६० लाख, सशर्त अनुदानतर्फ रु ४६ करोड ४३ लाख, विशेष अनुदानतर्फ रु एक करोड ४० लाख र समपूरक अनुदानतर्फ रु एक करोड ३५ लाख पाउनेछ । आँबुखैरेनी गाउँपालिकालाई रु ३१ करोड ४१ लाख विनियोजन गरिएको छ । आँबुखैरेनीले समानीकरण अनुदानतर्फ रु नौ करोड ६७ लाख, सशर्त अनुदानतर्फ रु १७ करोड ३६ लाख, विशेष अनुदानतर्फ रु एक करोड ८० लाख र समपूरक अनुदानतर्फ रु दुई करोड ५८ लाख पाउनेछ ।
ऋषिङ गाउँपालिकालाई रु ३६ करोड ५९ लाख विनियोजन गरिएको छ । ऋषिङले समानीकरण अनुदानतर्फ रु १० करोड ३७ लाख, सशर्त अनुदानतर्फ रु २४ करोड ६१ लाख, विशेष अनुदानतर्फ रु ७६ लाख र समपूरक अनुदानतर्फ रु ८५ लाख पाउनेछ । घिरिङ गाउँपालिकालाई रु २८ करोड २९ लाख विनियोजन गरिएको छ ।
घिरिङले समानीकरण अनुदानतर्फ रु आठ करोड ७८ लाख, सशर्त अनुदानतर्फ रु १८ करोड ८१ लाख र समपूरक अनुदानतर्फ रु ७० लाख पाउनेछ । देवघाट गाउँपालिकालाई रु ३३ करोड ७० लाख विनियोजन गरिएको छ । देवघाटले समानीकरण अनुदानतर्फ रु आठ करोड ३२ लाख, सशर्त अनुदानतर्फ रु २३ करोड ८२ लाख, विशेष अनुदानतर्फ रु ८६ लाख र समपूरक अनुदानतर्फ रु ७० लाख पाउनेछ ।
म्याग्दे गाउँपालिकालाई रु ३० करोड ६५ लाख विनियोजन गरिएको छ । म्याग्देले समानीकरण अनुदानतर्फ रु नौ करोड ९२ लाख, सशर्त अनुदानतर्फ रु १८ करोड ६३ लाख, विशेष अनुदानतर्फ रु एक करोड ४० लाख र समपूरक अनुदानतर्फ रु ७० लाख पाउनेछ । बन्दीपुर गाउँपालिकालाई रु ३२ करोड ६८ लाख विनियोजन गरिएको छ । बन्दीपुरले समानीकरण अनुदानतर्फ रु नौ करोड छ लाख, सशर्त अनुदानतर्फ रु २० करोड सात लाख, विशेष अनुदानतर्फ रु एक करोड ५० लाख र समपूरक अनुदानतर्फ रु एक करोड ७५ लाख पाउनेछ ।
ताजा अपडेट
- त्रिविको शिक्षाध्यक्षमा अञ्जना सिंह र रजिस्ट्रारमा रवीन्द्र शिवाकोटी नियुक्त
- आजको सर्वदलीय बैठकमा दोस्रो तहका नेताहरू उपस्थित हुने
- रसुवा बाढी : सास भेटिने आस मारेपछि कुशको शव बनाएर अन्त्येष्टि गरिँदै
- विपद्पछि पुनर्निर्माण होइन, विपद् सहन सक्ने नेपाल बनाउनुपर्छ : कानुनमन्त्री गौतम
- नेपाल-चीन व्यापारको मुख्य खम्बा रसुवागढी : अर्बौं लगानी बग्दा भविष्य अनिश्चित
- बाढीमा भाग्यले बाँचेका एउटै गाउँका पाँच जना अटो चढेर घर फर्किए
- हेटौंडा–काठमाडौं सवारीमा नयाँ रुट व्यवस्था, आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने
- बेत्रावतीको एउटै घरमा भेटिए २० भन्दा बढी शव
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया