नेपालगन्ज, २६ जेठः बाँकेका रैथाने कुम्हार (प्रजापति) समुदायको परम्परागत पेसा सङ्कटमा परेको छ । वर्षौंदेखि व्यावसायिक रूपमा माटोको प्रयोग गर्दै आएका उनीहरूलाई माटो उत्खननमा रोक लागेपछि परम्परागत पेसा सङ्कटमा परेको तराई कुम्हार समाज नेपालका मुख्य संरक्षक विष्णुलाल कुम्हारले जानकारी दिनुभयो । पेसा नै सङ्कटमा परेपछि कुम्हार समाजका प्रतिनिधि तथा अगुवाको टोलीले आइतबार नेपालगन्ज उपमहानगरपालिकाका नगरप्रमुख प्रशान्त विष्टलाई सामूहिक ज्ञापनपत्र बुझाउँदै माटो उत्खननमा लगाइएको रोकबारे ध्यानाकर्षण गराएको छ ।
सो समस्याको स्थायी समाधानको माग गर्दै तराई कुम्हार समाज नेपालले बुझाएको सामूहिक ज्ञापनपत्र बुझ्दै नेपालगन्ज उपमहानगरपालिकाका नगरप्रमुख प्रशान्त विष्टले आवश्यक नियम बनाई दीर्घकालीन समाधान खोज्ने आश्वासन दिनुभएको छ । माटो उत्खननमा रोक लगाइएका विषयलाई गम्भीर रूपमा लिँदै भविष्यका लागि निश्चित नियम र कार्यविधि बनाई पेसा सङ्कटमा नपर्ने गरी स्थायी समाधान खोजिने नगरप्रमुख विष्टले प्रतिबद्धता व्यक्त गर्नुभयो । मुख्य संरक्षक कुम्हारका अनुसार, परापूर्वकालदेखि नेपालगन्ज र आसपासका ताल, पोखरी तथा खाल्डाखुल्डीबाट निकालिने लसिलो माटोबाट यस क्षेत्रका कुम्हार समुदायले विभिन्न माटाका सामग्री बनाएर जीविकोपार्जन गर्दै आएका छन् । यहाँको माटोबाट बनेका भाँडा अत्यन्तै बलिया र गुणस्तरीय रहेको उनीहरूकोे दाबी छ ।
अहिले बाँकेका करिब ५० गाउँका १७० देखि १८० घरधुरी पूर्ण वा आंशिक रूपमा माटोका भाडा काममा आश्रित छन् । कुम्हार समुदायले आवश्यकताअनुसार नेपालगन्जको फूलटेक्रा क्षेत्रबाट ठूलो परिणाममा निकाल्ने माटोबाट भाँडा निर्माण हुँदै आएका छन् । सो समुदायले फागुन, चैत, वैशाख र जेठ चार महिना मात्रै भए पनि माटो झिक्न पाउनुपर्ने व्यवस्था गर्न नगरप्रमुख विष्टसँग माग गरिएको स्थानीय रमेशचन्द्र कुम्हारले बताउनुभयो । लामो समयदेखि निरन्तर चल्दै आएको सो पुख्र्यौली पेसा हाल माटो झिक्ने कार्यमा कानुनी वा प्रशासनिक रोक लगाइएका कारण पूर्ण रूपमा बन्द हुने अवस्थामा पुगेको संरक्षक कुम्हारको भनाइ छ ।
ताजा अपडेट
- त्रिविको शिक्षाध्यक्षमा अञ्जना सिंह र रजिस्ट्रारमा रवीन्द्र शिवाकोटी नियुक्त
- आजको सर्वदलीय बैठकमा दोस्रो तहका नेताहरू उपस्थित हुने
- रसुवा बाढी : सास भेटिने आस मारेपछि कुशको शव बनाएर अन्त्येष्टि गरिँदै
- विपद्पछि पुनर्निर्माण होइन, विपद् सहन सक्ने नेपाल बनाउनुपर्छ : कानुनमन्त्री गौतम
- नेपाल-चीन व्यापारको मुख्य खम्बा रसुवागढी : अर्बौं लगानी बग्दा भविष्य अनिश्चित
- बाढीमा भाग्यले बाँचेका एउटै गाउँका पाँच जना अटो चढेर घर फर्किए
- हेटौंडा–काठमाडौं सवारीमा नयाँ रुट व्यवस्था, आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने
- बेत्रावतीको एउटै घरमा भेटिए २० भन्दा बढी शव
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया