प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’ सँग सम्बन्धित रहेको परराष्ट्रमन्त्री प्रष्टोक्ति
काठमाडौँ, २७ जेठः परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाहले यही जेठ १७ गतेको संसद् बैठकमा नेपाल–भारत सीमा सम्बन्धमा राख्नुभएको विषय ‘क्रस बोर्डर अकुपेसन’ सँग सम्बन्धित रहेको स्पष्ट पार्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुखसँग समय लिएर सोसम्बन्धमा स्पष्ट पार्दै उहाँले नेपाल र भारतबीचको घनिष्ठ सम्बन्धको मर्म र भावनाअनुरूप ऐतिहासिक सन्धि सम्झौता र नक्साका आधारमा कूटनीतिक वार्ताको माध्यमबाट सीमासम्बन्धी विषय समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
सदियौँदेखि खुला सीमामा रहेका नेपाल–भारतका कतिपय सीमा क्षेत्रका दशजगा वरपर ‘क्रस होल्डिङ’को अवस्था रहेको तथा आन्तरिक सहमतिका रूपमा रहेपनि नेपाल र भारततर्फका स्थानीयले वारिपारि खेतीपाती गर्दै आएको अवस्थाको जानकारी गराउँदै यस विषयमा पनि प्रधानमन्त्रीले उल्लेख गर्न खोज्नुभएको परराष्ट्रमन्त्री खनालले स्पष्ट पार्नुभयो ।
प्रधानमन्त्रीले नेपालको सीमासम्बन्धी विषयमा जवाफ दिने क्रममा नेपालको सिमाङ्कन सन् १८१६ को सुगौली सन्धिसँग प्रत्यक्ष सम्बन्धित भएकाले मित्र राष्ट्र संयुक्त अधिराज्यको नाम उल्लेख गर्नुभएको परराष्ट्रमन्त्रीले स्पष्ट पार्नुभयो ।
यसमा तेस्रो पक्षको मध्यस्थता हामीले खोजेको होइनौँ”, परराष्ट्रमन्त्रीले भन्नुभयो, “तत्कालीन अवस्थाको थप सन्दर्भसामग्री केही भए ती स्वभाविक रूपमा समस्या समाधानमा सहयोगी हुन सक्ने भएकाले आवश्यक परेमा त्यसको उपयोग गर्ने विपषतर्फ प्रधानमन्त्रीले इङ्गीत गर्नुभएकोे हो ।”
ताजा अपडेट
- त्रिविको शिक्षाध्यक्षमा अञ्जना सिंह र रजिस्ट्रारमा रवीन्द्र शिवाकोटी नियुक्त
- आजको सर्वदलीय बैठकमा दोस्रो तहका नेताहरू उपस्थित हुने
- रसुवा बाढी : सास भेटिने आस मारेपछि कुशको शव बनाएर अन्त्येष्टि गरिँदै
- विपद्पछि पुनर्निर्माण होइन, विपद् सहन सक्ने नेपाल बनाउनुपर्छ : कानुनमन्त्री गौतम
- नेपाल-चीन व्यापारको मुख्य खम्बा रसुवागढी : अर्बौं लगानी बग्दा भविष्य अनिश्चित
- बाढीमा भाग्यले बाँचेका एउटै गाउँका पाँच जना अटो चढेर घर फर्किए
- हेटौंडा–काठमाडौं सवारीमा नयाँ रुट व्यवस्था, आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने
- बेत्रावतीको एउटै घरमा भेटिए २० भन्दा बढी शव
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया