तत्कालिन दुई तिहाइको कम्युनिष्ट सरकारले राज्यविहिन राष्ट्रका जनताहरूमाथिको उपनिवेश विस्तारको क्रममा नेवाः राष्ट्रको स्वशासित सत्ता गुठीलाई समाप्त गर्ने उद्देश्य सहित गुठी विधेयक २०७५ ल्याउने काम भयो । उक्त विधेयकको विरोधमा वि.सं.२०७६ असार ४ गते नेवाः राष्ट्रका जनताहरूले फिब्व ख्यःमा भेला भइ सरकारलाई विधेयक फिर्ता गर्न बाध्य पार्ने काम भएको ऐतिहासिक दिनको स्मरण गर्दै नेवाः राष्ट्रका जनताहरूलाई विधेयक हाल पर्यन्त खारेज नभएकोमा ध्यानाकर्षण गराउन चाहन्छु ।
देश भरका मठमन्दिर आदिको नाममा रहेको गुठीलाई व्यवस्थित गर्नको लागि वि.सं.२०४८, २०५३, २०६४ मा उच्च स्तरिय आयोग बनाउने काम हुदै आएकोमा २०७५ मा भने नेवाः राष्ट्रको गुठी सत्तालाई समाप्त गर्ने ध्येयले विधेयक ल्याएकाले हामीले विरोध गरेका थियौ ।
गुठी सत्तामाथिको आक्रमण वि.सं. १८२५ को औपनिशिक सत्ता स्थापना पछि निरन्तर रहदै आएको छ । नेवाः राष्ट्रका पुर्खाहरूले हजारौं वर्ष लगाएर विकास गरेको गुठी सत्ता समाप्त गर्ने योजना भनेको नेवाः राष्ट्रको इतिहास, सम्पदा, परम्परा तथा संस्कृतिसँग अभिन्न रुपमा जोडिएको नेवाःहरूलाई आफ्नै भूमिबाट विस्थापन गर्ने र नेवा: ज्ञान र स्वाभिमान समाप्त गर्ने परियोजना हो ।
यो विधेयक फिर्ता मात्र भएको छ, खारेज भएको छैन ।
नेवाः राष्ट्रको अस्तित्व समाप्त गर्ने औपनिवेशिक सत्ताको प्रपञ्च विरुद्ध एक जुट भएर, इतिहासमा गुमाएको आफ्नो पहिचान प्राप्त गर्न, नेवाः पुर्खाहरूमाथिको अन्याय र अत्याचारको श्रृंखला अन्त्य गर्न तथा कीर्तिराज्य लक्ष्मी लगायतका महान नेवाः सहिदहरूको सपना पुरा गर्दै नेवाः राष्ट्रको इतिहास, संस्कृति, भाषा लगायत समग्र सभ्यतामाथि कायम अतिक्रमण अन्त्य गर्न र नेवाः राष्ट्रमा जनताहरू तथा पुर्खाहरूको ज्ञान र स्वाभिमानलाई जगाउनु नेवाः राष्ट्रको स्वशासन कायम गर्नु अबको एक मात्र विकल्प हो र यो नै आजको नेवाःको दायित्व पनि हो ।
गुठी विधेयक फिर्ता गराउन सफल असार ४ गतेको ऐतिहासिक दिनमा हामी नेवाः राष्ट्रका जनताहरूलाई आफ्नो गुठी सत्ता मार्फत स्वशासन तथा आत्मनिर्णयलाई पूनः नियन्त्रण गर्न थप संघर्ष गर्नु पर्ने पक्षको स्मरण गराउन चाहन्छु । हाम्रा नेवाः पुर्खाहरूले सुम्पिएको यस दायित्व पुरा गर्ने महान अभियानमा सरिक हुन, नेवाः लगायत सम्पूर्ण राज्यविहिन राष्ट्रका जनताहरूलाई हार्दिक अनुरोध गर्दछु ।
रविन्द्र कुमार श्रेष्ठ
संयोजक
स्वनिग: विशेष व्यूरो
ताजा अपडेट
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
- साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत
- पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
- चितवनमा अनलाइन प्रणालीबाट मल वितरण
- सिसी क्यामेराको निगरानीमा भरतपुर
- सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
- धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा
- अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया