मन्त्री निवासमा प्रहरीले खानतलासी गरेकामा सरकारको ध्यानाकर्षण
काठमाडौँ, ५ असारः प्रतिनिधिसभाको आजको बैठकमा सांसद राजेन्द्रकुमार राईले कोशी प्रदेशको अन्तारिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीको निवासमा प्रहरीले खानतलासी गरेकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
बैठकमा आकस्मिक समय लिएर आज सांसद राईले मन्त्री पराजुली सङ्खुवासभा गएको बेलामा बिहीबार राति १०ः०० बजे प्रहरीले विनाकारण खानतलासी गरेकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।
मन्त्री पराजुलीको घरमा नभएको अवस्थामा प्रहरीले राति क्वाटरमा खानतलासी गरेको छ”, उहाँले भन्नुभयो, “प्रहरी किन यस्तो गरेको हो ? सरकारबाट म यो जान्न चाहान्छु ।” सांसद आरेन राईले जेनजी आन्दोलनका बेला नयाँ बानेश्वरको एक बैंकमा धितो राखेको १८ तोला सुन चोरी भएकामा उपभोक्ता मारमा परेकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।
बैठकमा सभामुख डोलप्रसाद अर्यालले आकस्मिक समयमा कुनै गम्भीर प्रकृतिको घटना भएमा मात्र समय माग गरेर बोल्न आग्रह गर्नुभयो । —
ताजा अपडेट
- बेत्रावतीको एउटै घरमा भेटिए २० भन्दा बढी शव
- रसुवा बाढी : सोमबार राति ८ बजेसम्म ९७४ शव फेला
- अमेरिकाले इरानमाथि फेरि गर्यो हमला, लाराक द्विपलाई निशाना बनाएर आक्रमण
- मधेशका १६२ जना अझै सम्पर्कविहीन, फर्किने आशामा परिवार, खोजिदिन हारगुहार
- धुर्कोटमा टिप्पर र मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु
- भोटेकोशी बाढी : पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत
- ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति
- कांग्रेस संसदीय दलको बैठक बस्दै
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया