बागमती नदीमा जलउत्पन्न विपद् उद्धार अभ्यास सम्पन्न
रौतहट, ६ असारः सशस्त्र प्रहरी वल नेपालको विशेष सक्रियतामा शुक्रबार बागमती नदीमा जलउत्पन्न विपद् उद्धारसँग सम्बन्धित अभ्यास सफलतापूर्वक सम्पन्न भएको छ । सशस्त्र प्रहरी वल नेपालअन्तर्गत छिन्नमस्ता बाहिनीको आयोजना तथा मधेस प्रदेश सरकारको सहयोग र समन्वयमा रौतहट तथा सर्लाही जिल्लास्थित बागमती नदीमा उद्धार, सहयोगसम्बन्धी कृतिम अभ्यास सम्पन्न भएको हो । नेपालमा हरेक वर्ष मन्सुनी वायु सक्रिय भएसँगै हुने सम्भावित जोखिमलाई सहजरूपमा सम्बोधन गर्न सघाउ पु¥याउने उद्देश्यले यस वर्ष पनि सो अभ्यास गरेको आयोजकको भनाइ छ ।
रौतहट जिल्लाका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बाढी, डुवानलगायत प्रकोपजन्य घटनाबाट रौतहटलगायत तराईका जिल्लामा वर्षेनी ठूलो जनधनको नोक्सानी हुनेगरेको बताउँदै त्यसबाट जोगिन शसस्त्र प्रहरी बलको सक्रियतामा कृतिम अभ्यास गरेको स्पष्ट गर्नुभयो । नदीमा अचानक बाढी आउँदा वा मानिस फस्दा व्यक्तिलाई सुरक्षित तरिकाले उद्धार गर्न सहयोग पु¥याउने उद्देश्यले स कृतिम अभ्यास जिल्लास्थित बागमती नदीमा गरिएको जानकारी दिँदै सशस्त्र प्रहरी वल, रौतहट जिल्ला प्रमुख एवम् गणपति रामहरि अधिकारले भन्नुभयो, मौसमजन्य विपद्लाई लक्षित गर्दै जनधनको क्षति न्यूनीकरणका पक्षमा कृतिम अभ्यास गरिएको हो ।
तराई क्षेत्रमा वर्षेनी हुने जनउत्पन्न प्रकोपजन्य घटनाबाट जोगिन यस किसिमको अभ्यास फलदायी हुने विश्वास लिएका छौँ ।” सो अवसरमा मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले सीमा सुरक्षा, आन्तरिक सुरक्षा, शान्ति सुव्यवस्था कायम गर्ने दायित्व बोकेको सशस्त्र प्रहरीको प्रकोपजन्य घटनामा समेत महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।
बलको छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति एवम् प्रहरी नायव महानिरीक्षक विष्णुप्रसाद भट्टले समग्र मधेस प्रदेशमा हुने जनधनको क्षति न्यूनीकरण तथा रोकथामका लागि कृतिम घटनामा आधारित ‘सिमुलेसन’ अभ्यास उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।
ताजा अपडेट
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
- साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत
- पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
- चितवनमा अनलाइन प्रणालीबाट मल वितरण
- सिसी क्यामेराको निगरानीमा भरतपुर
- सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
- धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा
- अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया