पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि
अष्ट्रेलियाली सरकारले पश्चिमी अष्ट्रेलियामा भेटिएको एक प्रवासी चरामा एभियन इन्फ्लुएन्जाको अत्यधिक रोगजनक एच–५ एन–१ स्ट्रेनको सङ्क्रमण पुष्टि भएको जनाएको छ । कृषि, मत्स्यपालन तथा वनमन्त्री जुली कोलिन्सले शनिबार क्यानबेरामा आयोजित पत्रकार सम्मेलनमा दक्षिणी पश्चिमी अष्ट्रेलियाको एक राष्ट्रिय निकुञ्जमा जुन १४ मा फेला परेको खैरो स्कुआ (ब्राउन स्कुआ) एच–५ एन–१ सङ्क्रमणका कारण मरेको पुष्टि भएको जानकारी दिनुभयो ।
यो अष्ट्रेलियामा एच–५ एन–१ स्ट्रेनको पहिलो पुष्टि भएको घटना हो । उक्त भाइरस सन् २०२० यता विश्वका विभिन्न क्षेत्रमा फैलिँदै आएको छ र यसका कारण लाखौँ चरा तथा अन्य जनावर मरेका छन् । अधिकारीहरूका अनुसार सङ्क्रमित चरा भेटिएको क्षेत्र नजिकै एक विशाल पेट्रेल चरा बिरामी अवस्थामा फेला परेको छ । उक्त चरालाई क्वारेन्टिनमा राखिएको छ ।
अष्ट्रेलिया सरकारले सम्भावित प्रकोपको तयारीस्वरूप यसअघि नै ११३ मिलियन अष्ट्रेलियाली डलर विनियोजन गरेको थियो । यस अवसरमा प्रमुख पशुचिकित्सा अधिकारी बेथ कुक्सनले सर्वसाधारणलाई बिरामी वा मृत चराको सम्पर्कबाट टाढा रहन आग्रह गर्नुभएको छ ।
ताजा अपडेट
- बेत्रावतीको एउटै घरमा भेटिए २० भन्दा बढी शव
- रसुवा बाढी : सोमबार राति ८ बजेसम्म ९७४ शव फेला
- अमेरिकाले इरानमाथि फेरि गर्यो हमला, लाराक द्विपलाई निशाना बनाएर आक्रमण
- मधेशका १६२ जना अझै सम्पर्कविहीन, फर्किने आशामा परिवार, खोजिदिन हारगुहार
- धुर्कोटमा टिप्पर र मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु
- भोटेकोशी बाढी : पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत
- ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति
- कांग्रेस संसदीय दलको बैठक बस्दै
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया