लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु
लेबनानको दक्षिणी क्षेत्रमा शनिबार भएको ताजा इजरायली आक्रमणमा पाँच जनाको मृत्यु भएको सरकारी सञ्चारमाध्यमले जनाएको छ । इजरायल र इरान समर्थित हिज्बुल्लाहबीच एक दिनअघि मात्र नयाँ युद्धविराम घोषणा भए पनि आक्रमण भएको हो । राज्यद्वारा सञ्चालित राष्ट्रिय समाचार एजेन्सी (एनएनए) का अनुसार मध्यरातपछि र शनिबार बिहानसम्म दक्षिण लेबनानका नाबातीह क्षेत्रसहित एक दर्जनभन्दा बढी स्थानमा इजरायली हवाई आक्रमण भएको थियो । सो क्षेत्रमा तोपखानाबाट पनि गोलाबारी भएको जनाइएको छ ।
एनएनएले अरब सलिम शहरमा भएको हवाई आक्रमणमा तीन जनाको मृत्यु भएको, देइर जहरानीमा एक जना र द्वेइर शहरको प्रवेशद्वारमा ड्रोनले मोटरसाइकललाई लक्षित गर्दा थप एक जनाको मृत्यु भएको जनाएको छ । शुक्रबार मात्र लेबनानको स्वास्थ्य मन्त्रालयले दक्षिण र पूर्वी क्षेत्रमा भएका इजरायली आक्रमणमा ४७ जनाको मृत्यु भएको बताएको थियो ।
त्यसै दिन इजरायली सेनाले लेबनानमा १५० भन्दा बढी आक्रमण गरेको दाबी गरेको थियो । यसैबीच, अमेरिका र कतारी मध्यस्थकर्ताहरूको पहलमा इजरायल–हिज्बुल्लाहबीच तत्काल युद्धविराम भएको घोषणा गरिएको थियो । तर पछिल्ला घटनाक्रमले युद्धविराम कार्यान्वयनबारे अनिश्चितता देखिएको छ ।
ताजा अपडेट
- बेत्रावतीको एउटै घरमा भेटिए २० भन्दा बढी शव
- रसुवा बाढी : सोमबार राति ८ बजेसम्म ९७४ शव फेला
- अमेरिकाले इरानमाथि फेरि गर्यो हमला, लाराक द्विपलाई निशाना बनाएर आक्रमण
- मधेशका १६२ जना अझै सम्पर्कविहीन, फर्किने आशामा परिवार, खोजिदिन हारगुहार
- धुर्कोटमा टिप्पर र मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु
- भोटेकोशी बाढी : पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत
- ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति
- कांग्रेस संसदीय दलको बैठक बस्दै
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया