Techie IT
  • बुधबार, फागुन २०, २०८२ / Wednesday, March 4, 2026
गृहपृष्ठमुख्य समाचारघट्याे सुनको मूल्य

घट्याे सुनको मूल्य


काठमाडाैं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । यस दिन सुनकाे मूल्य तोलामा एक हजार ९०० रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला २ लाख ४२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रतितोला २ लाख ४४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, यस दिन चाँदीको मूल्य तोलामा २० रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला ३ हजार ११५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला ३ हजार १३५ रुपैयाँमा कारोबार भएको थियो ।

 



तपाईको प्रतिक्रिया