एनपिएलमा काठमाडौँ र लुम्बिनी भिड्दै
काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटमा आज काठमाडौं गुर्खाज र लुम्बिनी लायन्स आमने सामने हुँदैछन् ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने खेल अपरान्ह ४ बजे सुरु हुनेछ । तीन खेल खेलेको काठमाडौंले अहिलेसम्म एक खेलको नतिजा आफ्नो पक्षमा पारेको छ भने दुई खेलमा पराजय भोगेको छ ।
लुम्बिनीले भने दुई वटा खेल खेलेकामा एउटा खेलको नतिजा आफ्नो पक्षमा पारेको छ । आज दुबै टोलीका लागि दोस्रो जित निकाल्ने लक्ष्य रहनेछ । यसअघि हिजो भएको खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स विजयी भएका छन् । सुदूरले कर्णालीलाई ४५ रनले हराउँदा र जनकपुर विराटनगरसंग ९ रनले पराजित भएको हो ।
सुदूरले दिएको १ सय ४० रनको लक्ष्य पच्छ्याएको कर्णाली याक्स १९ दशमलब २ ओभरमा सबै विकेट गुमाएर ९४ रनमा समेटिन पुग्यो । विराटनगर किङ्सले लगातार तेस्रो जित हात पार्ने क्रममा १ सय ३६ रनको लक्ष्य दिएकोमा जनकपुले २० ओभरमा ९ विकेट गुमाएर १ सय २६ रनमा समेटिन पुगेकोथियो ।
ताजा अपडेट
- भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
- सुनचाँदीको मूल्यमा सामान्य गिरावट
- राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
- उत्तर कोरियाको आणविक दौड तीव्र
- एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
- ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
- हिमाली तथा पहाडी भागमा वर्षा हुने, तराईमा गर्मी बढ्ने
- घरायसी विवादमा श्रीमतीको हत्या
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी


तपाईको प्रतिक्रिया