विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक,नेपालका सबै खेल मुम्बईमा हुने
काठमाडौं,१०मंसिर: सन् २०२६ मा हुने आईसीसी टी–२० विश्वकपको खेल तालिका सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सहभागी २० टोलीलाई चार समूहमा विभाजन गर्दै तालिका सार्वजनिक गरेको हो ।
भारत र श्रीलंकामा हुने विश्वकप फेब्रुअरी ७ देखि मार्च ८ सम्म सञ्चालन हुनेछ ।
सार्वजनिक तालिकाअनुसार नेपाल समूह सी मा रहेको छ । नेपालका सबै खेल भारतको मुम्बईमा राखिएको छ ।
नेपालको समूहमा वेस्ट इन्डिज, इङ्ल्यान्ड, बंगलादेश र इटाली छन् । वेस्ट इन्डिज र इङ्ल्यान्ड दुवै दुईदुई पटकका विश्वविजेता समेत हुन् ।
नेपालको पहिलो खेल फेब्रुअरी ८ मा मुम्बईस्थित वान्खडे स्टेडियममा इंग्ल्यान्डसँग हुनेछ ।
यस्तै नेपालको दोस्रो खेल फेब्रुअरी १२ मा इटाली, तेस्रो फेब्रुअरी १५ मा वेस्ट इन्डिज र चौथो फेब्रुअरी १७ मा बंगलादेशसँग हुनेछ ।
नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले केही हप्ता अगाडी आइसीसी अध्यक्ष जय शाहलाई भारतको नयाँदिल्लीमा भेट गरेर नेपालका खेलहरु भारतमा राखिदिन आग्रह समेत गर्नुभएको थियो । उक्त आग्रहलाई स्वीकार गर्दै नेपालका सबै खेल भारतमा राखिएका अध्यक्ष चन्दले बताउनुभयो ।
यस्तै नेपाल तेस्रोपटक विश्वकपमा सहभागी हुँदैछ । यसअघि नेपालले सन् २०१४ र २०२४ मा विश्वकप खेलेको थियो ।
ताजा अपडेट
- चन्दा उठाएर रामजानकी मन्दिर मर्मत
- खाडीमा बढ्दो द्वन्द्वले नेपाली श्रमिक चिन्तित, सतर्क रहन सरकारको आग्रह
- पाकिस्तान र अफगानिस्तानबीच ‘खुला युद्ध’ सुरु: काबुलसहित प्रमुख सहरमा भीषण बमबारी
- प्रतिनिधिसभा निर्वाचन: देशभर २ लाख २१ हजार कर्मचारी परिचालन, तयारी अन्तिम चरणमा
- निर्वाचन खर्चमा कडाइ: उम्मेदवारका परिवारको बैंक खातासमेत आयोगको निगरानीमा
- देशभर ४३औँ मगर एकता दिवसको रौनक: विभिन्न स्थानीय तहमा सार्वजनिक बिदा
- शुक्लाफाँटामा पहिलोपटक ‘मदना चाँचर’ फेला: चरा संरक्षणमा नयाँ उत्साह
- ४८ थान राहदानीसहित विमानस्थलबाट एक महिला पक्राउ
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल
- चुनावअघि नै प्रधानमन्त्रीको दौड, चार अनुहार मैदानमा


तपाईको प्रतिक्रिया