Techie IT
  • बुधबार, भदौ १७, २०८३ / Wednesday, September 2, 2026
गृहपृष्ठसमाचारअस्ट्रेलियाबाट दीपक खड्काले गरे बाढीपीडितका लागि ५१ लाख सहयोग

अस्ट्रेलियाबाट दीपक खड्काले गरे बाढीपीडितका लागि ५१ लाख सहयोग


“१७ भदौ, सिड्नी । अस्ट्रेलियाको क्राउन इन्स्टिच्युट अफ टेक्नोलोजीका संचालक इन्जिनियर दीपक खड्काले रसुवा बाढी पीडितका लागि ५१ लाख सहयोग  गरेका छन् । खड्काले उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका हुन् ।

सिड्नीमा नेपाली संचार माध्यमहरुसँग बोल्दै उनले भने, ‘मातृभूमिमा विपद पर्दा हामी निकै दुखी छौं र यो हाम्रो सामान्य मलम हो।

अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यका लागि नेपालका पूर्वमहावाणिज्य दूतसमेत रहेका खड्काले नेपालमा भएका हरेक प्राकृतिक विपदमा नेपाललाई सहयोग गर्दै आएका छन्। ‘प्रवासमा भएका हामी सबै नेपाली यो विपद पछि निदाएका छैनौं र हराएका हाम्रा प्रियजन सुरक्षित होउन भनेर प्रार्थना गरिरहेका छौं’ उनले भने ।

उनले बाढीबाट भएको अपुरणीय क्षतिप्रति दु:ख व्यक्त गर्दै निधन भएकाप्रति श्रद्धाञ्जली तथा परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

“साभार : अनलाइनखबर”



तपाईको प्रतिक्रिया