Techie IT
  • बुधबार, भदौ १७, २०८३ / Wednesday, September 2, 2026
गृहपृष्ठअपराधकञ्चनपुरमा जग्गा विवादमा भाइमाथि कुटपिट, दिदी-भिनाजु पक्राउ

कञ्चनपुरमा जग्गा विवादमा भाइमाथि कुटपिट, दिदी-भिनाजु पक्राउ


१७ भदौ, धनगढी । कञ्चनपुरमा जग्गासम्बन्धी विवादमा भाइमाथि कुटपिट गरेको आरोपमा दिदी–भिनाजु पक्राउ परेका छन् ।

वेदकोट नगरपालिका–७ को गाउजी बस्ने ४९ वर्षीय गोपाल गिरीमाथि कुटपिट गरेको भन्दै दिदी पार्वती नाथ र भिनाजु वलदेव नाथलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कञ्चनपुरका डीएसपी टेकबहादुर रावतले गिरीमाथि कुटपिट गरेको पाइएपछि उनीहरू दुवै जनालाई मंगलबार राति नै पक्राउ गरिएको जानकारी दिए । उनकाअनुसार जग्गा सम्बन्धी घरायसी विवादकै कारण गिरीमाथि उनीहरूले लाठीले निर्घात कुटपिट गरेका थिए ।

“साभार : अनलाइनखबर”

 



तपाईको प्रतिक्रिया