Techie IT
  • बुधबार, फागुन २०, २०८२ / Wednesday, March 4, 2026
गृहपृष्ठअर्थनितीनेपाल अनिश्चितताको भुमरीमा फस्यो अर्थतन्त्र ध्वस्त भयो भन्थे, हामीले सुधार गरिसक्यौँ  : अर्थमन्त्री

नेपाल अनिश्चितताको भुमरीमा फस्यो अर्थतन्त्र ध्वस्त भयो भन्थे, हामीले सुधार गरिसक्यौँ  : अर्थमन्त्री


काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले पछिल्लो तीन महिनाको अवधिमा करिब करिब १० प्रतिशतको हाराहारीमा कर एवम् राजस्व वृद्धि भएको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित गोरखापत्र डिस्कोर्समा उनले आर्थिक गतिविधि लयमा फर्किएको भन्दै असोज, कार्तिक, मंसिर र पुसको आजको अवधिसम्म आइपुग्दा करिब १० प्रतिशतको हाराहारीमा कर, राजस्व वृद्धि भएको बताए ।
उनले भने, ‘अर्थतन्त्रमा आर्थिक गतिविधिहरू चलायमान छन् कि छैनन्, उत्पादनका कामहरू बढेका छन् कि छैनन्, आम उपभोक्ताको मनोबल बढेको छ कि छैन भन्ने सूचकहरू मूलभूत रूपमा सरकारको कर र राजस्व सङ्कलन साथै भन्सारमा भइरहेको सङ्कलनले सङ्केत गर्छ । यी सबै हेर्दा गएको तीन महिनाको अवधिमा भदौ महिनामा अलि कम भए पनि असोज, कार्तिक, मंसिर र पुसको आजको अवधिसम्म आइपुग्दा करिब करिब १० प्रतिशतको हाराहारीमा कर, राजस्व वृद्धि भएको देखिन्छ ।’

यस्तै, उनले भदौ २३ र २४ गतेको आन्दोलनपछि नेपाल अनिश्चितताको भुमरीमा फस्यो अर्थतन्त्र ध्वस्त भयो भन्ने अवस्थाबाट ९० दिनको अवधिमा निकै छिटो गतिले पुनःउत्थान, पुन निर्माण र आशा जगाउने बाटोमा अगाडि बढेको पनि बताए ।

उनले भने, ‘भदौ २३ र २४ गतेको अवस्था पार गरेर आजसम्म आइपुग्दा रिकभरीको शान्त तरिकाले बहस गर्ने अवस्थामा आइपुगेका छौँ । यो नेपालीहरूको कुनै पनि सङ्कटबाट तत्काल मुक्त हुने सामर्थ्यको एउटा प्रतीक हो । यस्तो प्रतिकले के पनि सङ्केत गर्छ भने हाम्रा आर्थिक गतिविधिहरू चलायमान छन् । दुई घटनापछि एक हप्तामा नेपालीहरूले अनुमानमा अनिश्चितताको भुमरीमा फस्यो, अर्थतन्त्र ध्वस्त हुन्छ र नागरिकहरू बिचल्लीमा हुन्छ भन्ने थियो तर ९० दिनको अवधिमा निकै छिटो गतिले पुनःउत्थान, पुनःनिर्माण र आशा जगाउने बाटोमा अगाडि बढेका छौ ।’

पर्यटकको संख्या पनि बढ्दै गएको पनि उनको भनाई छ । सोही कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा।विश्व पौडेलले सरकारले ठूलो खर्च गर्न आँट गर्नसक्ने हो भने बैंकिङ् क्षेत्रबाट सहयोग गर्न तयार रहेको बताएका छन् ।

उनले भने, ‘सरकारले ठूलो खर्च गर्न आँट गरोस् । बैंकिङ् क्षेत्रबाट हामीले गर्नुपर्ने सहयोग गर्छौ भनेर भनिरहेका छौ । ऊर्जा क्षेत्र, यातायातमा पनि खर्च गर्न कोशिस गरौं । यातायात पनि यो भन्दा धेरै राम्रो बनाउन सकिन्छ । यसमा धेरै सम्भावना छ । त्यसको लागि राष्ट्र बैंकबाट पनि सहजीकरण गर्न तयार छौँ ।’ उनले सबै व्यवसायीहरूलाई उच्च मनोबल लिएर काम गर्न आग्रह गर्दै यो भन्दा प्रतिकूल अवस्थामा पनि देशहरू चलिरहेको पनि बताए ।



तपाईको प्रतिक्रिया