Techie IT
  • बुधबार, फागुन २०, २०८२ / Wednesday, March 4, 2026
गृहपृष्ठअर्थनितीसुन र चाँदीले बनायो नयाँ इतिहास, बजारमा उछाल

सुन र चाँदीले बनायो नयाँ इतिहास, बजारमा उछाल


काठमाडौँ । लगातार उकालो लागिरहेको सुनको मूल्यले मंगलबार (पुस २९) हालसम्मकै उच्च कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ८ सय रुपैयाँले बढेको हो।

अघिल्लो दिन प्रतितोला २ लाख ७४ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार बढेर २ लाख ७६ हजार ५ सय रुपैयाँ पुगेको छ। यससँगै उपभोक्ताले एक तोला सुन किन्न हालसम्मकै सबैभन्दा धेरै रकम खर्चिनुपर्ने अवस्था आएको छ।

यसैगरी, चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड बनेको छ। मंगलबार चाँदीको भाउ प्रतितोला ५ हजार ३ सय ४० रुपैयाँ पुगेको छ। यो अघिल्लो दिनको तुलनामा १ सय ४५ रुपैयाँले बढी हो। सोमबार चाँदी प्रतितोला ५ हजार १ सय ९५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि र स्थानीय मागको प्रभावले सुनचाँदीको भाउ लगातार बढिरहेको व्यवसायीहरूको भनाइ छ।



तपाईको प्रतिक्रिया