Techie IT
  • बुधबार, फागुन २०, २०८२ / Wednesday, March 4, 2026
गृहपृष्ठअर्थनितीसुनको मूल्यमा ऐतिहासिक उछाल, एकैदिन १० हजार ४ सयले बढ्यो

सुनको मूल्यमा ऐतिहासिक उछाल, एकैदिन १० हजार ४ सयले बढ्यो


काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ। मङ्गलबारको तुलनामा आज एक तोला सुन १० हजार ४०० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९५ हजार १०० रुपैयाँ कायम भएको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला पाँच हजार ९२० रुपैयाँ पुगेको छ।

यसअघि मङ्गलबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८४ हजार ७०० रुपैयाँ र चाँदी पाँच हजार ८८० रुपैयाँमा कारोबार भएको थियो। गत आइतबार सुन दुई लाख ७८ हजार ८०० रुपैयाँ र चाँदी पाँच हजार ६२५ रुपैयाँमा कारोबार भएको थियो भने सोमबार सुन दुई लाख ८२ हजार रुपैयाँ र चाँदी पाँच हजार ८१० रुपैयाँमा खरिदबिक्री भएको थियो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस चार हजार ७४० अमेरिकी डलर र चाँदी ९५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

आर्थिक विश्लेषकहरूका अनुसार विश्व अर्थतन्त्रमा बढ्दो अनिश्चितता, उच्च मुद्रास्फीति तथा भूराजनीतिक तनावका कारण सुरक्षित लगानीका रूपमा सुन र चाँदीप्रति माग बढेकाले मूल्यमा तीव्र वृद्धि देखिएको हो।



तपाईको प्रतिक्रिया