Techie IT
  • बुधबार, फागुन २०, २०८२ / Wednesday, March 4, 2026
गृहपृष्ठअर्थनितीसुनको भाउमा उछाल: नेपाली बजारमा प्रतितोला ३ लाख १४ हजार ८०० रुपैयाँ पुग्यो

सुनको भाउमा उछाल: नेपाली बजारमा प्रतितोला ३ लाख १४ हजार ८०० रुपैयाँ पुग्यो


 नेपाली बजारमा मंगलबार (फागुन १२ गते) सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको भाउ तोलामा १३ सय रुपैयाँले बढेर प्रति तोला तीन लाख १४ हजार ८०० रुपैयाँ कायम भएको छ।

अघिल्लो दिन सुन प्रति तोला तीन लाख १३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। सुनको मूल्यमा वृद्धि भए तापनि चाँदीको भाउमा भने सामान्य गिरावट देखिएको छ। अघिल्लो दिन पाँच हजार ५९५ रुपैयाँमा खरिदबिक्री भएको चाँदी आज तोलामा १० रुपैयाँले घटेर पाँच हजार ५८५ रुपैयाँमा झरेको महासंघले जनाएको छ।



तपाईको प्रतिक्रिया