Techie IT
  • बुधबार, फागुन २०, २०८२ / Wednesday, March 4, 2026
गृहपृष्ठबिजनेसबिहीबार पनि बढ्यो सुन–चाँदीको भाउ, कतिमा हुँदैछ किनबेच ?

बिहीबार पनि बढ्यो सुन–चाँदीको भाउ, कतिमा हुँदैछ किनबेच ?


काठमाडौँ । बिहीबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला दुई लाख ६० हजार चार सय रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला सात सय रूपैयाँ बढेको हो। बुधबार सुन प्रतितोला दुई लाख ५९ हजार सात सय रूपैयाँमा किनबेच भएको थियो। यस्तै, बिहीबार चाँदीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। बुधबार तोलामा चार हजार ५५ रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार चार हजार ८० रूपैयाँमा कारोबार भइरहेको छ।



तपाईको प्रतिक्रिया