काठमाडौँ, ४ साउनः गत वैशाखदेखि हालसम्म विपद्मा परेर १६६ जनाको ज्यान गएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिमा कुल तीन हजार ४३५ विपद्का घटना भएका छन् । विपद्मा परेर ९८८ जना घाइते भएका छन् ।
प्राधिकरणका अनुसार चार हजार ५३१ घर परिवार प्रभावित भएका छन् । सो अवधिमा सबैभन्दा बढी आगलागीका घटना भएका छन् । प्राधिकरणका अनुसार चार महिनामा ९१४ वटा आगलागीका घटना भएका थिए । सर्पदंशका ५३५, चट्याङ २२९, लेक लाग्नु ५५, जनावर आक्रमण १९०, हुरीबतास ४७८, पहिरो ४९५, बाढीका १७१ घटना घटेका छन् । यस्तै, भारी वर्षा १६६, डुङ्गा पल्टेर एक, डढेलो १९१, हिँउ पहिरो दुई, असिना चार र अन्य पनि चार छन् ।
त्यसैगरी, साउन २ गते बिहानदेखि ३ गते बिहानसम्म देशभर कुल ५८ वटा विपद्का घटना भएका थिए । विपद्मा परेर तीन जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन् । कुल ४५ जिल्ला प्रभावित भएका छन् ।
ताजा अपडेट
- अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
- प्रधानमन्त्री शाह र तयारी पोसाक सङ्घका पदाधिकारीबीच छलफल हुँदै
- उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
- अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै
- पूर्वसहमति नलिइ सवारीसाधन खरिद गर्न नपाइने
- संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया