कानूनी झमेलामा पर्यो ‘बिग बोस १९’, २ करोड भारूको मुद्दा
सलमान खानद्वारा संचालित चर्चित रियालिटी शो ‘बिग बोस १९’ गीतको प्रयोगलाई लिएर कानूनी झमेलामा परेको छ।
यस शोलाई ‘चिकनी चमेली’ र ‘धत तेरे की’ जस्ता लोकप्रिय गीतहरू बिना अनुमति प्रयोग गरेको आरोपमा २ करोड भारतीय रूपैयाँ (भारु) को क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरिएको भारतीय संचारमाध्यम हिन्दुस्तान टाइम्सले जनाएको छ।
फोनोग्राफिक पर्फर्मेन्स लिमिटेड (पीपीएल इन्डिया) ले बिग बोस १९ का निर्माताहरूलाई कानूनी सूचना पठाएको छ। उक्त सूचनामा कार्यक्रमको ११ औं एपिसोडमा कट्रिना कैफको ‘चिकनी चमेली’ (अग्निपथ) र इमरान खानको ‘धत तेरे की’ (गोरी तेरे प्यार मेँ) फिल्मका गीतहरू अनुमति नलिई प्रयोग गरिएको उल्लेख छ।
सेप्टेम्बर ३ मा प्रशारण भएको एपिसोड ११ मा ती गीतहरू प्रयोग गरिएको थियो। पीपीएल इन्डियाले लोकप्रिय रियालिटी शो निर्माण गर्ने एन्डमोल शाइन इन्डियामाथि ‘अनिवार्य सार्वजनिक प्रदर्शन इजाजतपत्र’ नलिई गीतहरू प्रयोग गरेको आरोप लगाएको छ। अधिवक्ता हितेन अजय वासनले सेप्टेम्बर १९ मा पठाएको उक्त सूचनामा निर्माण कम्पनीका निर्देशक थोमस गौसेट, निकोलस चाजारैन र दीपक धरलाई जिम्मेवार पक्षको रूपमा उल्लेख गरिएको छ।
हिन्तुस्तान टाइम्सले कानूनी टोलीका एक स्रोतलाई उद्धित गर्दै जनाएअनुसार दुवै गीत सोनी म्युजिक इन्टरटेनमेन्ट इन्डियालाई लाइसेन्स दिइएको छ।
यसको सार्वजनिक प्रदर्शन अधिकार पीपीएलले विशेष रूपमा व्यवस्थापन गर्छ। एन्डमोल शाइन इन्डियाले प्रतिलिपि अधिकार ऐन १९५७ को धारा ३० अन्तर्गत लाइसेन्स नलिएकाले यो प्रयोग ‘जानाबुझी गरिएको उल्लंघन’ भएको पीपीएलको तर्क छ।
पीपीएलले शोका निर्माताहरूलाई २ करोड भारू क्षतिपूर्ति र आवश्यक लाइसेन्स शुल्क तिर्न माग गरेको छ। साथै, बिना अधिकार आफ्नो ध्वनि रेकर्डिङहरू प्रयोग नगर्न चेतावनी पनि जारी गरेको छ। यस विषयमा एन्डमोल शाइन इन्डिया र स्ट्रिमिङ प्लेटफर्म जियोहटस्टारले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्।
ताजा अपडेट
- मधेशका १६२ जना अझै सम्पर्कविहीन, फर्किने आशामा परिवार, खोजिदिन हारगुहार
- धुर्कोटमा टिप्पर र मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु
- भोटेकोशी बाढी : पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत
- ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति
- कांग्रेस संसदीय दलको बैठक बस्दै
- धुन्चेमा मोबाइलको नेटवर्क धान्न जेनेरेटरको भर
- आज यी ठाउँमा भारी वर्षाको सम्भावना, कहाँ हुँदैछ धेरै भारी वर्षा
- साढे ३०० बालबालिका छैनन् सम्पर्कमा, ५० बढी आमा-बुबाविहीन
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया